ghar sansar

जनज्योति सहकारीको २६ औं वार्षिक साधारण सभा, यस वर्ष १५ करोड कारोबार पुगाउने लक्ष्य

little buddha academy
khasi

महेन्द्रनगर । जनज्योति बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष देबकी पाण्डेयको अध्यक्षतामा गरिएको साधारण सभामा राष्ट्रिय सहकारी संघ सञ्चालक तथा प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष माधव प्रसाद जोशी प्रमुख अतिथि थिए ।

,orning glory badhai

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ कञ्चनपुरका अध्यक्ष भवानी चन्द, नेफ्स्कुन फिल्ड कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशी, सहकारीका सदस्य सुरेन्द्र राज विशिष्ठ अतिथि थिए ।

सहकारीका सचिव महानन्द पाण्डेयले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । सहकारीका कोषाध्यक्ष भुवन कँडेलले आर्थिक तथ लेखा परीक्षण र कर्णदेब भट्ट लेखा सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

dirghayi clinic

प्रतिवेदनमा आर्थिक वर्ष २०८१÷०८२ का गतिविधि र आर्थिक २०८२÷०८३ को नीति, कार्यक्रम र अनुमानित बजेट समावेश गरिएको सहकारीका व्यवस्थापक कमला भण्डारीले जानकारी दिइन् ।

सहकारीमा हाल २ हजार ५ सय १२ शेयर सदस्य छन् । त्यसमा १ हजार ४ सय २७ पुरुष र १ हजार ५८ महिला सदस्य छन् । आर्थिक वर्ष २०८१÷८२ मा १ करोड ७१ लाख ३३ हजार ९ सय शेयर पूजी, ८ करोड ६३ लाख निक्षेप र ८ करोड ४४ लाख ऋण प्रवाह गरिएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा १२ करोड ५४ लाख ५५ हजार वासलात छ । सहकारीले आर्थिक वर्ष २०८२÷०८३ मा १५ करोड १३ लाख वासलात पुगाउने लक्ष्य राखेको छ । यसैगरी आगामी वर्ष १० करोड ५० लाख बचत र १० करोड ४० लाख ऋण प्रवाह गर्ने लक्ष्य राखेको छ ।

     

Himal dental
सम्बन्धित
Loading...