ghar sansar

प्रभातफेरिदेखि दिपावलीसम्म गरी मनाइयो १८ औं निर्माण दिवस

khasi

महेन्द्रनगर । १८ औ निर्माण दिवस प्रभातफेरि सहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरले निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरि, कार्यालयमा झण्डोत्तोलन, औपचारिक कार्यक्रम र साँझ कार्यालयमा दिपावली गरेको छ ।

विहान संघको कार्यालयमा झण्डोत्तोलन गरी प्रभातफेरि गरिएको छ । संघका पूर्व अध्यक्ष लोक बहादुर ठकुराठी र वर्तमान अध्यक्ष पुष्पराज अवस्थीले झण्डोत्तोलन गरे ।

संघको कार्यालयमा सुरु भएर प्रभातफेरि बजार क्षेत्र परिक्रमा गरी कार्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको छ ।

संघको कार्यालय प्राङ्गणमा पूर्व अध्यक्ष ठकुराठीको प्रमुख आतिथ्यमा कार्यक्रम गरियो ।

dirghayi clinic

कार्यक्रममा संघका पदाधिकारी, सदस्य, साधारण सदस्य सहभागी भए । संघका वरिष्ठ उपाध्यक्ष देब बहादुर चन्दले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षतामा अध्यक्ष अवस्थीले गरे ।

कार्यक्रममा प्रमुख अतिथि ठकुराठीले व्यवसायिक हकहितका लागि संघ सधैं प्रतिबद्ध र सक्रिय हुनु पर्ने तथा व्यवसायीले कुनै पनि ठेक्कामा पिसी दिन नहुनेमा जोड दिए । उनले उपभोक्ता समितिबाट विकास निर्माणका कार्य गराउन नहुने उल्लेख गरे ।

संघका पूर्व अध्यक्ष गजेन्द्र बहादुर चन्द लगायतले मन्तव्य राखे ।

संघका सचिव बृज किशोर चन्दले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा संघका अध्यक्ष अवस्थीले सबै व्यवसायी एकजुट भएर जानु पर्ने, लोड बिडिङ्ग गर्न नहुने र व्यवासायिक मर्यादा पालना गरी व्यवसायलाई मर्यादित बनाउनु पर्ने बताए ।

पछिल्लो समय धेरै व्यवसायीहरु चेक बाउन्सको समस्या पर्दै आएकाले त्यसबाट बच्नु आवश्ष्क भएको अध्यक्ष अवस्थीले बताए । ‘अहिले चेक बाउन्स धेरै भाको छ, त्यसबाट बच्न पर्ने अवस्था छ’ उनले भने ।

अध्यक्ष अवस्थीले चेक बाउन्सबाट बच्न हार्डवेयर व्यवसायी र मजदुर सबैसित समन्वय र सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याए ।

Himal dental
सम्बन्धित
Loading...