ghar sansar

काँग्रेस कञ्चनपुरले दियो प्रतिनिध सभा र राष्ट्रिय सभा सदस्यका आकाँक्षीलाई शुक्रबार विहान १० बजेसम्म निवेदन दिने समय

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस कञ्चनपुरले प्रतिनिधि सभा सदस्य सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आकाँक्षीहरुलाई शुक्रबार विहान १० बजेसम्म निवदेन दिने समय तोकेको छ ।

तोकिएको समयभित्र आएका आकाँक्षीहरुको नामावली सम्भवतः शुक्रबार नै सुुदूरपश्चिम प्रदेश समितिमा पठाइने भएको छ ।

,orning glory badhai
dirghayi clinic

काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य र त्यस अघिको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि केन्द्रीय निर्देशन अनुसार कञ्चनपुरका आकाँक्षी उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएकाले शुक्रबार बिहान १० बजेससम्म निवेदन दिने अन्तिम समय राखिएको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट बिहीबार प्रेम बहादुर विष्टले प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ आकाँक्षा राखेर निवदेन दिएका छन् । विष्ट यस अघि २०७९ को आम निर्वाचनमा कञ्चनपुर ३ बाट प्रतिनिध सभा सदस्यको उम्मेदवारका आकाँक्षी थिए । 

काँग्रेस सचिव भट्टका अनुसार आकाँक्षीले प्रतिवद्धता पत्र अनुसार निवेदन दिनु पर्ने बताए । ‘जिल्लाका सबै क्षेत्रमा आकाँक्षी छनौट प्रक्रिया सुरु भएको छ, प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा सदस्यका लागि आकाँक्षीका निवेदन संकलन भई रहेको छ’ उनले भने, ‘आकाँक्षीहरुले प्रतिवद्धता पत्र सहित निवेदन दिनु पर्ने छ ।’

काँग्रेसले स्थानीय र प्रदेशका जन प्रतिनिधिलाई उम्मेदवार सिफारिश नगर्ने मापदण्ड बनाएको छ । काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशब चन्दले पार्टी कार्यालयमा उम्मेदवार चयनका लागि छलफल भइ रहेको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...