ghar sansar

सामाजिक अभियन्ता कुमाल बने उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी स्वतन्त्र समूहका संयोजक सामाजिक अभियन्ता भीम कुमाल उज्यालो नेपाल(उनेपा) पार्टीको केन्द्रीय सदस्य भएका छन् ।

जेन जी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचनका लागि उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको छ । दोधारा चाँदनी स्वतन्त्र समूह उज्यालो नेपाल पार्टीमा समाहित भएको छ ।

,orning glory badhai

२०७९ को स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी स्वतन्त्र समूह दोधारा चाँदनी नगरपालिकाको मेयर, उप मेयर सहित सबै वडामा टीम सहित चुनाव लडेको थियो । सामाजिक अभियन्ता कुमाल स्वतन्त्र समूह बनाएका थिए । अहिले समूह उज्यालो नेपाल पार्टीमा समाहित भएपछि कुमाल पार्टी केन्द्रीय सदस्य भएका छन् ।

भौतिक पूर्वाधार विकास, सहकारी र उर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ्ग पार्टी संरक्षक छन् । पूर्व सचिव अनुप कुमार उपाध्यय पार्टी अध्यक्ष छन् । घिसिङ्ग नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् ।

dirghayi clinic

उनेपा केन्द्रीय सदस्य कुमालले जेन जी आन्दोलनको परिवर्तिन अवस्थामा कुलमान घिसिङ्ग र स्वतन्त्र समूहको विचार मिलेपछि सहकार्य गरी पार्टी खोलिएको बताए ।

‘अहिले चाहिँ जेनी जी पछिको जुन परिस्थिति बन्यो, स्वतन्त्र जति छन्, सबै ती सबै देशका लागि केही गर्न पर्छ भन्ने सोच भएका सबै पार्टी खोलने थाले’ उनले भने, ‘त्यस क्रममा सबैसित समन्वय भयो । कुलमान घिसिङ्गको पनि पार्टी खुल्दैछ भन्ने आएपछि वहाँपति विचार मिल्यो, कुलमान पनि आफैंमा केही न केही गरेको मान्छे, केही डेलिभरी गरी देखाएको, क्षमता मान्छे भएकाले ध्रुबीकरण भएका छौ ।’

राजनीतिक दलले जन अपेक्षा अनुसार कामकाज गर्न नसकेपछि स्वतन्त्र समूह बनाएर स्थानीय तह चुनावमा होमिएको कुमाल बताउँछन् । पूराना राजनीतिक दलले शिक्षा, स्वास्थ्य र रोजगारीका प्रमुख मुद्दामा जन अपेक्षा अनुसार ध्यान दिन नसकेको उनको भनाई छ ।

‘हिजोका दिनमा स्वतन्त्र समूह बनाएर गयौ, राजनीतिक दलले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार दिन सकेन, पुराना दलले यी कुरा पूरा गर्न सकेन’ उनले भने, ‘पैसा हुनेले पढन पाउने, नहुनेले पढ्ने नपाउने, पैसा हुनेले विदेश गएर उपचार गर्न पाउने, नहुनेले मर्न पर्ने अवस्था छ, त्यसपछि यी सबै समस्या हेरेर स्वतन्त्र रुपमा जानु पर्छ भनेर देशभरै सन्देश दिन चुनाव लड्यौ, यो अवस्था अन्त्यका लागि उनेपा दर्ता गरी आएका छौ ।’

देशमा बेरोजगार मात्रै उत्पादन हुने अवस्था आएको उल्लेख गर्दै उनले उनेपा नेपाल शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई प्राथमिकता दिने केन्द्रीय सदस्य कुमालले बताए । ‘देश नै लेबर प्र्रोडक्ट जस्तो भो, लेबर मात्रै उत्पादन हुने अवस्था बन्यो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...