

महेन्द्रनगर । एमाले केन्द्रीय कमिटीमा ११ औं महाधिवेशबाट कञ्चनपुरका तीन नेता निर्वाचित भएका छन् । निर्वाचित तिनै नेताले केन्द्रीय कमिटी सदस्यमा निरन्तरता दिएका हुन् । एमालेको १० र्औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनीहरु यस पटक दोहोरिएका हुन् ।
अहिले निर्वाचित हुनेमा निरुदेबी पाल, कमला बोहरा र कृपाराम राना छन् । उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली समूहबाट चुनाव लडेका हुन् ।

निर्वाचित पाल एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज थिइन् । यसैगरी बोहरा निर्वाचन क्षेत्र नं. १ र राना ३ नम्बर क्षेत्रका इन्चार्ज हुन् । राना संविधान सभा सदस्य हुन् ।
११ औं महाधिवेशनमा केन्द्र्रीय सदस्य दोहोरिन उनीहरु सहित राजेन्द्र सिह रावल र नर बहादुर धामी चुनावी प्रतिस्पर्धामा होमिएका थिए । धामीले मतदान अघि आफ्नो उम्मेदवारी निष्क्रिय पारे ।
एमालेका पूर्व साँसद एमाले निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज हुन् । एमाले पोलिटब्युरो सदस्य रावल भने केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।
निर्वाचित तीन केन्द्रीय सदस्यमध्ये पाल र बोहरा खुला र राना थारुबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्यका लागि कञ्चनपुरका ९ नेता चुनाव लडे । उनीहरुमध्ये निवर्तमान साँसद तारालामा तामाङ्ग र पूर्व साँसद नर बहादुर धामीले उम्मेदवारी निष्क्रिय बनाएर चुनावी मैदान छाडेका थिए ।

तामाङ्ग २०७९ को निर्वाचनमा कञ्चनपुर १ बाट काँग्रेस माओवादी गठबन्धन पराजित गरी साँसद भएका हुन् । धामी २०७४ को निर्वाचनमा कञ्चनपुर २ बाट साँसद भएका थिए ।
उम्मेदवारी फिर्ता लिने समय घर्कि सकेपछि दुबै जनाले सामाजिक सञ्जाल फेसबुकबाट आफूहरुले उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका थिए । मतदानमा भने दुबै जनाले मत पाएका छन् ।
अन्य ४ जना चुनावी मैदानमा होमिएका हुन् । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य गोबिन्द कलौनी, सुदूरपश्चिम सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा, पूर्व साँसद डा. दिपक प्रकाश भट्ट, युवा नेता बचन बहादुर सिह केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
सिह बाहेक नेताहरु सुुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य लडेका हुन् । सिह केन्द्रीय खुला सदस्यमा चुनाव लडेका थिए । एमाले पूर्व साँसद भट्ट २०७४ को निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए ।
निर्वाचित पाल, बोहरा र राना बाहेक सुदूरपश्चिम पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल अध्यक्ष ओली समूहबाट केन्द्रीय सदस्य लडे पनि पराजित भएका छन् । १० औं अधिवेशनबाट केन्द्रीय सदस्य भएका रावल पोलिटब्युरो सदस्य थिए ।
महाधिवेशनमा कञ्चनपुरका भूगोल, केन्द्रीय कमिटी,विभाग गरी सबै क्षेत्रबाट ३० प्रतिनिधि सहभागी भएका थिए ।
११ औं महाधिवेशनमा प्रतिस्पर्धी भएका उम्मेदवारमध्ये तेब्बर कम निर्वाचित भएका हुन् । योसंगै एमाले केन्द्रीय कमिटीबाट कञ्चनपुरको प्रतिनिधित्व अघिल्लो अधिवेशन भन्दा आधामा झरेको छ । १० औं अधिवेशनबाट कञ्चनपुरका ६ जना केन्द्रीय कमिटी सदस्य थिए ।
निवर्तमान केन्द्रीय सदस्यमध्ये इन्दु कडरिया विष्टले उम्मेदवारी नै गराएन । निवर्तमानमध्ये रावल पराजित हुँदा पाल, बोहरा र राना केन्द्रीय कमिटीमा दोहोरिएका हुन् ।
एमाले केन्द्रीय लेखा आयोगमा ईश्वरी प्रसाद खरेल निर्विरोध सचिव भएका छन् । एमाले कञ्चनपुरका पूर्व अध्यक्ष खरेल आयोगमा यस अघि सदस्य थिए ।

