ghar sansar

डायमण्ड पब्लिक एकेडेमीले मनायो ३० औ वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीले ३० औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष जीवन रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी दिवस मनाइएको छ ।

,orning glory badhai
dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन सिह क्षेत्रीले अध्यक्षता गरेको कार्यक्रममा प्रिन्सिपल डा. हिरा चन्दले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेर सञ्चालन गरिएको विद्यालय ३० औं वार्षिकोत्सव मनाउन पाउँदा गौरबान्तित भएको उल्लेख गरे ।

कार्यक्रममा सूचना प्रदेश नीति तथा योजना आयोगका सदस्य कर्ण कुँबर, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम विष्ट, समाजसेवी शेर बहादुर चन्द, भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्र्रस्तुति देखाए । विद्यालयले विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान ग¥यो ।

विद्यालयका पूर्व विद्यार्थी एस भट्ट र गौतम पन्तलाई उनीहरुको परिवार सहित सम्मान गरेको छ । एमबीबीएस अध्ययनका लागि पूर्ण सरकारी छात्रबृत्ति पाएका उनीहरु २०७९ को ब्याचका एसएसईई उत्तीर्ण विद्यार्थी हुन् ।

Himal dental
सम्बन्धित
Loading...