

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको पुस १९ गते हुने १८ औं कार्यकारिणी समिति निर्वाचनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले मंगलबार विहान मतदाता नामावली सार्वजनिम गरेको छ ।
ुसंघको कार्यालयमा निर्वाचन समितिको निर्वाचन छ । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द प्रमुख निर्वाचन अधिकृत छन् । समितिमा चन्द सहित तीन सदस्य छन् ।

संघका कार्यकारी अधिकृत हेमराज भट्टले निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको जानकारी दिए ।
निर्वाचन कार्यक्रम अनुसार पुस १२ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम छ । संघको निर्वाचन घोषणापछि पदाधिकारी सदस्यका आकाँक्षीहरु आन्तरिक तयारी लागि सकेका छन् ।
संघको नेतृत्वका लागि हालसम्म आधा दर्जन उम्मेदवार आकाँक्षी छन् । संघका वर्तमान अध्यक्ष पिताम्बर जोशीले पनि फेरि चाहना राखेका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, पूर्व अध्यक्ष गणेशदत्त जोशी, पूर्व महासचिव एबम् उद्योग उपाध्यक्ष हेमराज जोशी, पूर्व महासचिव दिपेन्द्र प्रकाश साउँद र पूर्व उपाध्यक्ष माधव प्रसाद जोशी नेतृत्वका आकाँक्षी छन् ।

संघको १८ औं कार्य समिति निर्वाचनमा वर्तमान अध्यक्ष जोशी र पूर्व अध्यक्ष जोशीको प्यानबीच प्रतिस्पर्धा भएको थियो । कार्य समितिका सबै सदस्य निर्विरोध भएका थिए । वर्तमान समितिका केही सदस्य पदाधिकारी चुनाव लडने भएका छन् ।
संघका बाणिज्य उपाध्यक्ष धर्म सिह रावल वरिष्ठ उपाध्यक्षका आकाँक्षी छन् । संघका सचिव राहुल भट्ट महासचिवमा चुनाव लड्ने तयारीमा छन् । उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग दोहोरिने चाहना राखेर अघि बढेका छन् ।
संघका पूर्व कोषाध्यक्ष निर्मला भट्ट सापकोटा महासचिवकी आकाँक्षी छन् । कार्य समिति सदस्य एनपी जोशी सचिव र यज्ञराज भट्ट आकाँक्षी छन् ।
दुबै जनाले आन्ततिक प्रचारप्रसार थालि सकेका छन् । संघका पूर्व कार्य समिति सदस्य सिद्धराज भट्टले कोषाध्यक्षमा चुनाव लड्ने तयारी गरेका छन् । कोषाध्यक्षमा प्रदिप पाल र मनोज भट्ट आकाँक्षी छन् । पाल समितिका वर्तमान सदस्य हुन् ।
्संघको नयाँ कार्य समितिका लागि अध्यक्ष सहित १६ पदका लागि निर्वाचन हुने संघका कार्यकारी अधिकृत हेमराज भट्टले बताए । त्यसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग उपाध्यक्ष १, बाणिज्य उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष, कार्य समिति सदस्य ७ र संस्थागत सदस्य १ छन् ।
निर्वाचन कार्यक्रम अनुसार पुस ८ गते विहान १० बजे मतदाता नामावली प्रकाशन हुने भएको छ । निर्वाचन सचिवालय संघको कार्यालयमा राखिएको छ ।
संघमा निर्माण व्यवसायी संघ कञ्चनपुर, नेपाल औषधि व्यवसायी संघ, होटल व्यवसायी संंघ कञ्चनपुर, हार्डवेयर तथा निर्माण व्यवसायी संघ र नेपाल वन पैदवार उद्योग व्यवसायी संघ कञ्चनपुर संस्थागत सदस्य छन् ।
यस अघि संघमा तीन ओटा मात्रै संस्थागत सदस्य थिए । संघमा दुई हजार एक सय २१ मतदाता छन् । यसमा ८ सय ९६ जना उद्योग र बाँकी बाणिज्य तर्फका सदस्य छन् । यो १७ औं कार्य समिति निर्वाचन भन्दा मतदाता संख्या कम हो ।

