ghar sansar

एनएमबी झलारी लिलाम प्रकरण : झलारीका जेनजीले बैंक गएर छलफल गर्दै

little buddha academy
khasi

महेन्द्रनगर । एनएमबी बैंकले जबरजस्ती घर लिलाम गरी ऋणीको बिचल्ली पारेपछि शुक्लाफाँटा नगरपालिका जेनजी बैंक कार्यालय गएर छलफल गर्ने भएका छन् ।

बैंकले ऋणी शुक्लाफाँटा नगरपालिका १० झलारीका अजय बिकको घर लिलाम गरी बिचल्ली पारेका समाचार सार्वजनिक भएपछि उनीहरुले विक परिवार सहितलाई बैंक लगेर छलफल गर्ने तयारी गरेका छन् ।

,orning glory badhai

बैंकको झलारी शाखामा दिउँसो छलफल हुने बताइएको छ । विकले २०७५ मा झलारी शाखबाट घर कर्जा शीर्षकमा १५ वर्षका लागि २९ लाख ५० हजार ऋण लिएका थिए ।

बैंकले सोही ऋणलाई बंंैकको महेन्द्रनगर शाखाबाट २०७५ मा ३७ लाख लिएको र हालसम्म किस्ता तिर्न आनाकाकानी गरेको भन्दै २०८० चैतमा धितोमा राखिएको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो ।

झलारी शाखाबाट लिएको २९ लाख ५० हजारको सट्टा ३७ लाख लिएको सूचना जारी गरी घर लिलाम भएपछि विक न्यायको खोजीमा छन् ।

विकले न्यायका लागि बैंकको प्रदेश कार्यालयदेखि प्रहरी कार्यालयसम्म गुहार गरेका छन् । बैंक कर्मचारीले जग्गा दलालसित सेटिङ्ग गरी आफूले लिँदै नलिएको ऋण देखाएर आफ्नो घर लिलाम गरेको बताउँदै आएका छन् ।

बैंकको महेन्द्रनगरस्थित प्रदेश कार्यालयले पनि विकले महेन्द्रनगर शाखाबाट ऋण नलिएको प्रष्ट पारेको छ । बैंकले लिलाम नामसारीका लागि शुक्लाफाँटा नगरपालिका १० बाट लिएको घर बाटो सिफारिश समेत विवाद परेको छ । वडा कार्यालयले बैंकका कर्मचारीले कार्यालयलाई झुक्याएर किर्ते दस्तखत गरी घर बाटो प्रमाणित सिफारिश लगेको कागज विक परिवारलाई उपलब्ध गराएको छ ।

पीडित विकले जेनजी युवाले आफ्नो समस्यामा चासो देखाएर छलफलका लागि लैजान लागेको बताए ।

बैंकले विकको करोडौं मूल्यको घर ऋणको किस्ता बुझ्न अस्वीकार गरी दुई वर्ष अघि लिलाम गरेको थियो । बैंक कर्मचारी भट्टले २०८० चैत २ गते शुक्लाफाँटा नगरपालिका १० नम्बर वडा कार्यालयबाट घर बाटो सिफारिश लिएका थिए । वडा कार्यालयले एक महिनापछि बैंक कर्मचारीले वडा कार्यालयलाई झुक्याएर किर्ते दस्तखत गरी सिफारिश लगेको पत्र बाहिर आएको हो ।

वडा अध्यक्ष लाल बहादुर ऐरले २०८१ बैशाख ५ गते बैंक कर्मचारीले किर्ते दस्तखत गरी घर बाटो सिफारिश पत्र लगेको पत्रमा हस्ताक्षर गरेका छन् । विककी श्रीमति ज्ञानुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा वडा अध्यक्ष ऐरले किर्ते दस्तखत गरी पत्र लगेको उल्लेख गरेका छन् ।

वडा कार्यालयले जो जो संग सम्बन्धित छ भन्ने व्यहोराको सिफारिश पत्रमा बैंक कर्मचारीले किर्ते दस्तखत गरी कागजात बनाएको लगिएको उल्लेख गरिएको छ ।

‘उपरोक्त विषय सम्बन्धमा यस शुनपा १० शान्तिपथ बस्ने ज्ञानु विश्वकर्माले दिइएको निवेदनमाथि कारवाही हुँदा निजको नाममा दर्ता कायम रहेको सि.नं. ०२६००७०३ कित्ता नं. ६१६, क्षेत्रफल ८६ वर्ग किमी जमिनको मिति २०८०÷१२÷२ गते जग्गाधनी ज्ञानु विश्वकर्माले यस वडा कार्यालयमा उपस्थित नभएको निजको जग्गाधनी प्रमाण पूर्जा र नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी पेश गरी दिपकराज भट्टले किर्ते दस्तखत गरी वडा कार्यालयलाई पनि झुक्याई सो जमिनको जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय कञ्चनपुरलाई घरबाटो प्रमाणित सिफारिश लगेको व्यहोरा सिफारिश गरिन्छ’ वडा कार्यालयको पत्रमा भनिएको छ ।

विश्वकर्मा परिवारले २०७५ मा बैंकको झलारी शाखाबाट २९ लाख ५० हजार घर कर्जा ऋण (होम लोन) लिएका थिए । १५ वर्षमा चुक्ता गर्न लिइएको ऋणको सावा ब्याज नतिरेको भन्दै विकको दुई करोड मूल्यको घर ५८ लाखमा लिलाम गरेको थियो ।

विक परिवारले ऋणको १० लाखसम्म किस्ता चुक्ता गरिएको बताए । केही महिनाको किस्ता रोकिएपछि बैंकले विकले २०७५ मा महेन्द्रनगर शाखाबाट लिएको ३७ लाख ऋणको किस्ता तिर्न बाँकी भएकाले लिलाम सूचना गरेको थियो ।

विक परिवारले बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण नलिएको र एनएमबी बैंकको झलारी शाखाबाट २९ लाख ५० हजार मात्रै लिएको बताउँछन् ।

dirghayi clinic

झलारीस्थित ६१६ नम्बर कित्तामा बनेको घर १५ वर्षका लागि धितो राखेर २०७५ कार्तिक २० गते बैंकबाट २९ लाख ५० हजार घर कर्जा ऋण लिएका थिए । बैंकले लिँदै नलिएको ऋण देखाएर घर लिलाम गरेपछि विक परिवार न्यायका लागि भौतारिएका छन् ।

‘मैले २०६६ मा लिएको ऋण सबै चुक्ता गरि सके, त्यसपछि ६१६ नम्बरको कित्ता धितो राखेर ऋण लिएको थिए, त्यसको किस्ता र ब्याज गरी मासिक ३७ हजार ५ सय थियो, मैले त्यो रकम पनि २०८० असारसम्म तिरेको छु, २०८० असोज २९ गते बैंकका कर्मचारी मेरो पसलमा आएपछि २ लाख हालेर आए, त्यसपछि फेरि ११ हजार पुगेन भनेर भन्यो, त्यो पनि दिए’ विकले भने,‘त्यो रकम कुन खातामा हाल्यो, के भयो थाह भएन, त्यसको ६ महिनापछि त लिलामी प्रक्रिया नै सुरु गरि हाल्यो ।’

लिलाम प्रक्रिया सुरु गर्ने भनेपछि बैंकको झलारी शाखामा २ लाख नगद र एक लाखको चेक लिएर जाँदा बैंकले नबुझेर धनगढी प्रदेश कार्यालय पठाएको विकले बताए ।

बैंकको तत्कालिन प्रदेश कार्यालयका रिकोभरी हेड गणेश जोशीले किस्ता नबुझ्ने भन्दै पूरै रकम चुक्ता गर्न भनेपछि समय मागेका थिए । त्यसपछि जोशीले झलारी पिपलाडी उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउँद र अर्का व्यक्तिसित कुरा गर्न लगाएका थिए ।

उनीहरुमध्ये विकले साउँदसित कुरा गरेन भने अर्का व्यक्तिसित कुरा गर्न फोनमा भनाभन भएपछि जोशीले फोन खोसेका थिए । जोशीले आफ्नै मोबाइलबाट फोन गर्न लगाएका थिए । ती अर्का व्यक्ति को थिए भन्ने अझै खुल्न सकेको छैन ।

साउँद एमालेको शुक्लाफाँटा नगरपालिका नगर कमिटी अध्यक्ष हुन् । साउँदकी श्रीमतिले लिलामबाट विकको घर सकार गरेक छन् ।

बैंकका तत्कालिन प्रदेश कार्यालयका रिकोभरि हेड जोशी अहिले अत्तरिया शाखाका प्र्रमुख छन् । जोशीले विकलाई आफू विरुद्ध मुद्दा हाल्न भन्दै फिर्ता पठाएका थिए ।

विक र ती व्यक्तिको फोनमा भनाभन भएपछि जोशीले मोबाइल खोसेका थिए । विकका अनुसार जोशीले फोन गर्न लगाएका ती व्यक्तिले ऋण तिर्ने तेरो हैसियत छैन भनेपछि भनाभन भएको थियो ।

बैंकको झलारी शाखाबाट ऋण चुक्ता गर्न जाँदा विकलाई खाता बन्द भइ सकेको भन्दै फिर्ता पठाइएको थियो । उनी दुई लाख नगद र एक लाखको चेक लिएर बैंक पुगेका थिए ।

बैंकले लिलाम प्रक्रिया अघि बढाएपछि विकले बैंकबाट कागजात ल्याएर हेर्दा त्यसमा बैंकको महेन्द्रनगर शाखाबाट ३७ लाख ऋण लिएको उल्लेख भएको खुलेको थियो । त्यसमा ऋण विकको नाम उल्लेख छैन भने उनकी श्रीमति ज्ञानु साक्षी बसेको उल्लेख छ ।

‘ऋण तिर्छु भन्दाभन्दै पनि जबरजस्ती लिलाम गरेपछि न्याय खोज्दै जाँदा बैंकमा पुगे, बैंकले कागजात दिन मानेन, सबै कागजात केन्द्रीय कार्यालय पठाई सक्यो भन्यो, महेन्द्रनगर शाखाको नाममा ३७ लाखको ऋण भनेपछि शंका लागि सकेको थियो, त्यसपछि वकिल साप कहाँ गयौ, वकिल सापले भनेपछि ती कागजात दिए, त्यसमा हेर्दा त म खसेजस्तै भए’ उनले भने ।

विकले बैंकको झलारी शाखाका तत्कालिन प्रबन्धक गणेश कार्कीलाई समेत भेटेर आफूले ३७ लाख ऋण कसरी आफ्नै नाममा गरिएको भनेर सोधेको बताए ।

तत्कालिन प्रबन्धक कार्की बंैक छाडेर अन्यत्र छन् । बैंकले नक्कली कागजात खडा गरी आफ्नो नाममा ३७ लाख ऋण देखाएर किर्ते गरेको भन्दै विकले बैंक कर्मचारी विरुद्ध किर्ते मुद्दा समेत दायर गरेका थिए ।

‘यो बैंक कर्मचारीले जानाजान रुपमा मेरो घर हडप्न बिचौलियासित मिलेर गरेको षडयन्त्र हो’ उनले भने ।

बैंकको झलारीस्थित शाखाका ऋण शाखा कर्मचारीले भने सबै कागजात केन्द्रिय कार्यालयमा पठाएकाले आफूहरुले केही नभएको जानकारी दिए ।

बैंकको महेन्द्रनगरस्थित प्रदेश कार्यालयका प्रमुख सुशिल बहादुर सिहले बैंकले सबै प्रक्रिया पूरा गरी घर लिलाम गरेको बताए । विक परिवारले महेन्द्रनगर शाखाबाट भने ऋण नलिएको सिहले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...