ghar sansar

एनएमबी बैंक झलारी धितो लिलाम प्रकरण : जालसाजी र किर्ते गरिएको भन्दै तीन जना विरुद्ध प्रहरीमा जाहेरी

little buddha academy
khasi

महेन्द्रनगर । एनएमबी बैंकले शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालयमा तीन जना विरुद्ध जाहेरी परेको छ ।

एनएमबी बैकले विकले २०७५ मा लिएको ऋणको सावा ब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्ष अघि २०८० चैतमा विकले बैंकमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो । बैंकले आफूले ऋण चुक्ता गर्छु भन्दाभन्दै जग्गा दलालसित मिलेर घर जालसाजी किर्ते गरी लिलाम गरेको बताउँदै आएका छन् ।

,orning glory badhai

बिकले २०७५ मा एनमएमी बैंक (तत्कालिन कञ्चन डेभलपमेन्ट बैंकं) झलारी शाखाबाट १५ वर्षका लागि २९ लाख ५० हजार घर कर्जा लिएका थिए । बैंकले पाँच वषले बिकले एनएमबी बैंकको महेन्द्रनगर शाखाबाट लिएको ३७ लाख ऋण तिर्न बाँकी रहेको भन्दै घर लिलाम गरेको थियो ।

विकले आफूले बैंकको महेन्द्रनगर शाखाबाट लिँदै नलिएको ३७ लाख ऋण देखाएर जालसाजी र किर्ते गरी लिलाम गरेको बताउँदै न्याय खोजि रहेका छन् ।

बैंकले जिल्ला मालपोत तथा भूमि सुधार कार्यालयमा धितो रोक्काका लागि पेश गरेको दृष्टिबन्धक लिखतमा ३७ लाख ऋण उल्लेख गरिएको छ । बैंकको झलारी शाखाले उनलाई दिएको कर्जा स्वीकृत प्रस्तावमा २९ लाख ५० हजार उल्लेख छ ।

बैंकले मालपोत कार्यालयमा पेश गरेको कागजपत्रमा २९ लाख ५० हजारको कागज भेटिएको छैन । बिकले आफूले लिएको २९ लाख ५० हजारको ऋणलाई नक्कली कागज बनाएर ३७ लाख देखाएको बताउँदै आएका छन् ।

बिकले झलारीस्थित आफ्नी धर्मपत्नि ज्ञानु विश्वकर्माको नाममा रहेको ६१६ नम्बर कित्तामा बनेको घर धितो राखेर ऋण लिएका थिए । झण्डै दुई करोड मूल्यको घर ५८ लाखमा बैंकले लिलाम गरेको थियो ।

dirghayi clinic

बिकले लिलाम प्रक्रियामा जालसाजी र किर्ते गरिएकाले संलग्नलाई कारवाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हुलाकबाट आएको जाहेरीलाई प्रहरीले सनाखत गरी दर्ता गरेको हो ।

शुक्लाफाँटा नगरपालिका १० वडा कार्यालयले बैंकका कर्मचारी दिपकराज भट्टले वडा कार्यालयलाई झुक्याएर किर्ते गरी दस्तखत गरी घर बाटो सिफारिश लगेको पत्र विक परिवारलाई दिएको छ ।

बैंकका तत्कालिन सुदूरपश्चिम प्रदेश कार्यालयका रिकोभरि हेड गणेश जोशीसित भनाभन भएपछि उनको घर लिलाम सूचना सार्वजनिक गरिएको थियो । बैंकको प्रदेश कार्यालयमा सावा र ब्याज बुझाउन जाँदा जोशीले पूरै ऋण चुक्ता गर्न भनेका थिए ।

विक परिवारले ऋण चुक्ताका लागि एक साताको समय दिन आग्रह गरेपछि जोशीले झलारीका व्यवसायी धिरेन्द्र साउँद र अर्का व्यक्तिसित कुरा गर्न लगाएका थिए । उनीहरुमध्ये साउँदसित कुरा गर्न विकले अस्वीकार गरेका थिए। जोशीले भनेका अर्का व्यक्तिसित कुरा गर्दा उनीहरुबीच फोनमा भनाभन भएको थियो ।

बैंक कर्मचारी जोशीले त्यसपछि विकलाई आफू विरुद्ध मुद्दा हाल्न भन्दै कार्यालय बाहिर पठाएका थिए । जोशी हाल बैंकको अत्तरिया शाखाका प्रमु्ख छन् । बैंकले विकको धितो लिलामको जिम्मा जोशीलाई दिएको थियो ।

जोशीले आफूले र्बैंकको नियम अनुसार लिलाम अनुसार धितो लिलाम गरिएको बताए । उनले झलारीका व्यवसायी साउँदसित लिलाम प्रक्रियामा चिनजान भएको बताए । साउँदकी श्रीमतिको नाममा धितो लिलाम सकार गरिएको छ ।

एनएमबी र्बैंकको महेन्द्रनगरस्थित प्रदेश कार्यालयका प्रमुख सुशिल बहादुर सिहले विकले महेन्द्रनगर शाखाबाट ऋण नलिएको बताए। उनले बैंकले नियम अनुसार धितो लिलाम गरेको बताए ।

बिक परिवारले लिलाम गरिएको घर फिर्ता नभएसम्म न्याय खोज्ने बताएका छन् । ‘यो हाम्रो सम्पत्ति जालसाजी र किर्ते हडप्न खोजिएको छ, यस विरुद्ध न्याय नपाएसम्म लडि रहन्छ्’ विक पत्नि ज्ञानुले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...