ghar sansar

संगठन विस्तार सहितको कार्य योजना पारित गर्दै सकियो प्याब्सन कञ्चनपुरको दोस्रो परिषद् भेला

little buddha academy
khasi

महेन्द्रनगर । संगठन विस्तार लगायतका विभिन्न कार्य गर्ने कार्य योजना पारित गर्दै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन ) कञ्चनपुरको दोस्रो परिषद् भेला सकिएको छ ।

सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्दको प्रमुख आतिथ्यमा गरिएको भेलामा प्याब्सन आवद्ध विद्यालय सहभागी भए ।

,orning glory badhai

भेलामा उद्घाटन र बन्द सत्र गरिएको छ । उद्घाटन सत्रमा सम्मान, शुभ कामना मन्तव्य र सदस्यता वितरण गरिएको छ । बन्द सत्रमा संगठनको प्रगति प्रतिवेदन पेश गरी छलफल गरी पारित गरिएको छ। यसैगरी बन्द सत्रबाट आगामी वर्षको कार्य योजना बनाएर पारित गरेको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्टले कार्यक्रमको अध्यक्षता गरे । उनले संगठनको विधान अनुसार परिषद्ु भेला गरिएको बताए ।

कार्यक्रममा प्याब्सन सुप प्रदेश अध्यक्ष सिवि चन्द, निर्माण अध्यक्ष पुष्पराज अवस्थी, सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोज राज भट्ट, प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपक चालिसे र केन्द्रीय सदस्य अम्मराज भट्ट विशिष्ठ अतिथि रहेका थिए ।

dirghayi clinic

कार्यक्रममा ९ ओटै पालिकाका उत्कृष्ट जिपीए ल्याउने मध्येबाट एकएक जना गरी १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो । उनीहरूलाई प्रतिविद्यार्थी ५ हजार नगद, प्रमाण पत्र, दोसल्ला सहित सम्मान गरिएको थियो ।

उनीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार हस्तान्तरण गरिएको थियो । बेलौरी नगरपालिकाबाट २ जनाले समान जिपीए ल्याएका थिए । त्यसै गरी सम्पूर्ण सदस्य विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो ।

१ सय ५ सदस्य छन् । एन प्याब्सन त्याग्दै मर्निङ ग्लोरि र कृष्णपुर को एबी इंग्लिश बोर्डिङ स्कुलले प्याब्सनको सदस्यता लिएका छन् । नयाँ सदस्यता लिएका स्कुललाई औपचारिक रुपमा सदस्य हस्तान्तरण गरिएको थियो ।

बन्दशत्र पनि सुरु भएको छ । बन्दशत्रमा सचिवको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यतालिका छ । त्यसैगरी आगामी वर्षको रणनीति तय गरिने प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले बताए । बजार नजिक जग्गा खरिद गर्ने, संगठन विस्तार गर्ने लगायतका नीति अनुमोदन गरिने छन् ।

प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका नीति तथा योजना आयोगका सदस्य हिरा चन्दले शिक्षाको गुणस्तर वृद्धि गर्न र निजी विद्यालयको लागि आफ्नो र सरकारको तर्फबाट गर्नुपर्ने सहयोका लागि वचन बढ्द रहेको बताए ।

अध्यक्ष भट्टले प्याब्सन लाई सहयोग गर्ने सबै विद्यालयलाई सम्मान र सम्मानित हुने विद्यार्थीहरूलाई बधाई ज्ञापन गरे । उनले प्राइवेट एजुकेसन लागि भव्य र सब्य बनाउँदै शिक्षाको गुणस्तर वृद्धि गर्ने बताए ।

जिल्ला सचिव अक्कल बहादुर रोकायले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य वरिष्ठ उपाध्यक्ष राकेश बहादुर चन्दले राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...