
मर्निङ्ग ग्लोरीबाट १२ कक्षा उत्तीर्ण भएर एमबीबीएस सहित छात्रबृत्तिमा प्राविधिक उच्च शिक्षा अध्ययनका लागि छानिएका विद्यार्थीलाई सम्मान


महेन्द्रनगर । मर्निङ्ग ग्लोरीले उच्च प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाएका विद्याथीलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी एमबिबिएस, नर्सिङ्ग, र आयुर्वेद चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाई सहित सम्मान गरिएको छ ।
विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबीबीएस पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो ।

त्यसै गरी बीएस्सी नर्सिङका लागि छात्रवृत्तिमा नाम निकालेकी डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहेका थिए । कार्यक्रममा पृथ्वी राज भट्टले विद्यार्थीहरूको उज्वल भविष्य र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए ।
उनले सबै विद्यार्थीलाई मनैदेखि बधाई ज्ञापन गर्दै छात्रवृत्तिमा नाम निकाल्नु जीवनको परीक्षाको पहिलो खुट्किलो भएकाले अझै पनि हार्ड ओर्किङ गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।

आफ्नो आमा बुबाको र आफ्नो सपना साकार गर्न र विद्यालयको गरिमालाई उचो बनाएकोमा विद्यार्थी सबैलाई धन्यवाद दिए । विद्यार्थीले गरेको सफलताले विद्यालयको गरिमा बढेको उल्लेख गर्दै विद्यार्थीहरुले विद्यालयको शाख निरन्तर राख्ने उनले आशा व्यक्त गरे । कोर्डिनेटर सुनिल ठाकुरले कार्यक्रमको बारेमा जानकारी प्रस्ट पार्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए ।
त्यस गरी विद्यालयका सञ्चालक समिति अध्यक्ष केशव चन्दले पनि विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गरिमा थप विर्दी गरेकोमा धन्यवाद दिए ।
६० विद्यालय सहभागी राष्टपति रनिङ प्रतियोगितामा मर्निङगलोरी मार्चपासमा प्रथम भएको थियो । मर्निङगलोरीबाट प्लस टू अध्ययन गरेका १५ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढिरहेका छन् ।
यो विद्यालयबाट प्लस टू गरेका १३ जनाले भेटेरीनरी डाक्टर पढेका छन्। त्यसैगरी २ जनाले ऋब् गरिसकेका छन् भने इन्जिनियरिङ, दकअ नर्सिङ , फोरेष्ट्री, र आयुर्वेदिक डाक्टरमा गरी सयौ विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकी छन् ।
२०६२ मा स्थापना भएको स्कुलले २०७१ देखि विज्ञान विषयको अध्ययन सुरु गरेको थियो । गत शैक्षिक शत्रमा ८० जना विद्यार्थीले प्लस टू गरेका थिए ।
कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी प्रिन्जल गहतराजले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चूडामणि शर्माले गरेका थिए ।
