ghar sansar

भीमदत्तका मेयर बोगटीले आफ्नो वाचा अनुसार प्रभात विद्या निकेतलाई दिए सहयोग, उप मेयर जोशीले गरिन् हस्तान्तरण

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले प्रभात विद्या निकेतनलाई सभाहल निर्माणका लागि आफूले गरेको वाचा अनुसार सहयोग रकम दिएका छन् ।

विद्यालयको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा मेयर बोगटीले विद्यालयलाई व्यक्तिगत रुपमा ५१ हजार सहयोग गरेका छन् ।

,orning glory badhai

वार्षिंकोत्सव कार्यक्रमकी प्रमुख अतिथि भीमदत्तका उप मेयर निलम लेखक जोशीले सहयोग रकमको चेक विद्यालयका प्रिन्सिपल डा.शंकरदत्त भट्टलाई हस्तान्तरण गरिन् ।

dirghayi clinic

मेयर बोगटीले आफ्नी आमाको सम्झनामा विद्यालयलाई सहयोग गरेका छन् । चेक हस्तान्तरणपछि प्रिन्सिपल भट्टले मेयर बोगटीले आमाको सम्झनामा व्यक्तिगत रुपमा सहयोग गरेको बताए ।

मेयर बोगटीले केही महिना अघि विद्यालयको सभाहल निर्माणका लागि सहयोग गर्ने आश्वासन दिएका थिए । वार्षिकोत्सव समारोहमा उप मेयर मार्फत मेयर बोगटीले चेक पठाएका थिए ।

उप मेयर जोशीले मेयर बोगटीले जेन जी आन्दोलनपछि जग्गा बिक्री गरेको र त्यहींबाट व्यक्तिगत रुपमा विद्यालयलाई सहयोग गरेको बताइन् ।

प्रमुख अतिथिको आशनबाट बोल्दै उनले धन हुनेसित मन नहुने र मन हुने सित धन नहुने उल्लेख गर्दै मेयर बोगटीसित धन र मन दुबै भएको भन्दै पं्रशंसा गरिन् ।

उप मेयर जोशीले विद्यालयका प्रिन्सिपल डा. भट्ट र व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर सिहले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि पुगाएको योगदान सराहनीय भएको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...