

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ बसन्तपुरस्थित प्रभात विद्यानिकेतन सेकेन्डरी स्कुल ३३ औं वर्ष प्रवेश गरेको छ । विद्यालयले आइतबार धुमधामसंग ३३ औं वार्षित्सव तथा अभिभावक दिवस मनाएको छ ।
भीमदत्त नगरपालिकाका कार्य वाहेक मेयर निलम लेखक जोशीको प्रमुख आतित्थ्यमा कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर सिंहले अध्यक्षता गरेको कार्यक्रममा विद्यालयका प्रिन्सिपल डा. शंकरदत्त भट्टले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
प्रिन्सिपल भट्टले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको रणनीति पनि प्रस्तुत गरेका थिए । उनले सबै कक्षामा स्मार्ट बोर्ड राख्ने, ६ कोठे थप्ने, फिल्डलाई पनि स्तरोन्नति गर्ने जस्ता आगामी वर्षको नीति योजना राखेका थिए । २०४९ मा सार्वजनिक शैक्षिक गुठी अन्र्तगत ५४ विद्यार्थीबाट पठनपाठन सुरु गरी विद्यालय सञ्चालन गरिएको थियो ।

हाल कक्षा १२ सम्म पठनपाठन हुने विद्यालय साढे ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले एसएलसी परीक्षामा नेपाल तेस्रो स्थानसम्म हासिल गरेको थियो ।
कार्यक्रममा विद्यार्थीले सांस्कृतिक नृत्य, जनचेतनामुलक प्रस्तुति राखेका थिए भने विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिनुका साथै सम्मान गरिएको थियो ।
समाजसेवी भगवती थापाले शुभकामना मन्तव्य राख्दै आफूले सिकेका कुरा कर्ममा लागू गर्नु पर्नेमा जोड दिए । ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझाले प्रभात विद्या निकेतनको प्रगति लोभ लाग्दो रहेको बताए ।


उनले स्कुलको इतिहास गौरवशाली बनाउनमा स्कूलका प्रिन्सिपल अध्यक्ष र अभिभावकको ठूलो महत्व रहेको बताए । स्कुलले प्रारम्भमा कक्षा ३ सम्म पढाइ सुरु गरेको मा अहिले अहिले कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ । विद्यालय गुठी अन्र्तगत सञ्चालनमा छ । २२ औं पटक एसएलसीमा सहभागी गराउने लक्षमा छ जिल्लामा ४ पटक प्रथम भएको थियो भने १ पटक सुदूरपश्चिम प्रदेशमै प्रथम भएको थियो ।
उत्कृष्ट शिक्षकको रुपमा बसन्ती पन्त, सासी बिष्ट भण्डारी, राजेन्द्र प्रसाद भट्ट पुरस्कृत भएका थिए । उनीहरू तीनै जनालाई ’टिचर अक्सेलेन्ट अफ २०८२’ पुरस्कार बाट सम्मान गरिएको हो । प्रमाण पत्र, खाँदा लगाएर सम्मान गरिएको थियो । त्यसै गरी दयाकृष्ण पन्तलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रम कम्प्युटर शिक्षक सुनिल गिरी र शिक्षक राजेन्द्र भट्टले सञ्चालन गरे । स्वर्गीय आमाको नाममा नगर प्रमुख पदम बोगटीले ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त चेक नगर उप प्रमुख निलम लेखकले अध्यक्ष शंकर दत्त जोशीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा भीमदत्त नगरपालिका १६ का वडा अध्यक्ष केशव सिह विष्ट, भीनपा १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा, प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेब प्रसाद भट्ट, एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्द, सुदूरपश्चिम विश्वविद्यालयका प्रेम सिह भाट, पृथ्वीराज भट्ट, ग्लोबल एकेडेमीका प्रिन्सिपल सुरेन्द्रराज ओझा, नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष उत्तम बिष्ट, सिटी कलेज धनगढीका प्रिन्सिपल अर्जुन नाथ सहभागी भएका छन् ।

यसैगरी इन्टरनेसनल स्कुलका प्रिन्सिपल राजेन्द्र भट्ट, उदयदेव बहुउद्देश्यीय सहकारीको सिइओ गणेश चन्द, सुप विश्वविद्यालयका असिस्टेन्ट प्राध्यापक पृथ्वीराज भट्ट, मर्निङ गलोरिका प्रिन्सिपल चूडामणि शर्मा, फ्लोरिडा सेकेन्डरी स्कुलका प्रिन्सिपल जयराज भट्ट, सिद्धनाथ माविका अध्यक्ष महेशदत्त भट्ट, जनज्योति एजुकेसन फाउन्डेसनका अध्यक्ष माधव प्रसाद जोशी, जनज्योति माविका प्रिन्सिपल सुरेन्द्रराज जोशी, बैजनाथ माविका पीटीए अध्यक्ष नवराज भट्ट, लिटिल स्टार एकेडेमीका प्रिन्सिपल शमरजङ्ग चन्द, प्याब्सनका कोषाध्यक्ष केशवराज जोशी, प्याब्सन भीमदत्त नगरपालिका नगर अध्यक्ष उपेन्द्र प्रसाद जोशी लगायतका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक सहभागी भएका छन् ।
