

महेन्द्रनगर । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको वार्षिक साधारण सभा भएको छ ।

सुदूरपश्चिम क्रिकेट संघका प्रदेश अध्यक्ष वासुदेव जोशीको अध्यक्षता र नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
साधारण सभामा क्यानका केन्द्रीय सदस्यहरू जयन्ती भट्ट, बीरेन्द्र बहादुर चन्द, बिक्रम विष्ट र धीरेन्द्र साउद सहभागी भएका छन् ।
प्रदेश संघका सचिव लक्ष्मण भट्टले वार्षिक प्रगति र कोषाध्यक्ष दिनेश बहादुर सिंहले आर्थिक प्रतिवेद प्रस्तुत गरे ।
