ghar sansar

बाजागाजा सहित नगरपालिका आएर बैजनाथ माविले लग्यो राष्ट्रपति रनिङ्ग छनौट प्रतियोगिताको शिल्ड

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले बैजनाथ माध्यमिक विद्यालयलाई नगर स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको शिल्ड प्रदान गरेको छ ।
उसु खेलका पदक गणना सम्बन्धि विवाद भएपछि प्रतियोगिता समापनमा शिल्ड वितरण नगरी नगरपालिका कार्यालय ल्याएर राखिएको थियो ।

राष्ट्रिय खेलकूद परिषद्ले प्रतिस्पर्धा भएका सबै खेलको पदक गणना हुने निर्णय दिएपछि नगरपालिकाले बैजनाथ माविलाई कार्यालय बोलाएर शिल्ड दिएको हो ।

उसुका ८ पदक सहित बैजनाथ प्रतियोगितामा सबैभन्दा बढी १२ स्वर्ण जितेर विजेता भएको छ । उसु पदक गणना नएकाले समापन कार्यक्रममा बैजनाथले अन्य पदक र शिल्ड बहिस्कार गरेको थियो ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी र भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले शिल्ड प्रदान गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्ट, प्रधानाध्यापक नरेन्द्रराज जोशीले शिल्ड ग्रहण गरे ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख हरिदत्त जोशी लगायतका सहभागी भए।

नगरपालिका कार्यालय प्रवेशद्वारमा शिल्ड प्रदान गर्दा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकले खुसीले नारा लगाए । उनीहरुले बैजनाथ हाई हाई, यो शिल्ड कसको बैजनाथको भन्ने लगायतका नारा लगाए ।

नगरपालिका कार्यालयबाट शिल्ड विद्यालय विद्यार्थी, शिक्षक कर्मचारी सहित बाजागाजा सहित जुलुश लिएर नगरपालिका पुगेको हो । विद्यालयबाट बैण्ड बाजा बनाएर शिल्ड लिन नगरपालिका पुगेका विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु पदक गणना नभएर विद्यालय र विद्यार्थीमाथि अन्याय गरिन लागेको बताए ।

‘हाम्रा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए, खेलमा स्वर्ण पदक जितेका थिए, त्यसको गणना हुँदैन भन्ने अन्यायको कुरा थियो’ उनले भने,‘नगरपालिकाले शिल्ड दिएर न्याय गरेको छ, त्यसको हामी स्वागत गर्छौ ।’

प्रतियोगिता समापनका दिन विवाद हल गरी शिल्ड दिएको भए विद्यार्थीहरुका लागि राम्रो हुने उनले बताए । शिल्ड पाएर विद्यालय र विद्यार्थी खुसी भए पनि समापनका दिन जस्तो नभएको उनको भनाई छ ।

‘प्रतियोतिा समापनका दिन शिल्ड पाएको भए विद्यार्थीहरु अझै खुसी हुन्थे, खुसी त आज पनि छन्, तर त्यो दिन बेग्लै खुसी हुन्थे’ उनले भने,‘अब आगामी दिनमा यस्तो नहोस हामी यही चाहन्छौ ।’

dirghayi clinic

उसु खेलका पदक गणनामा गत वर्ष पनि विवाद भएको थियो । विवादपछि बैजनाथ माविले पाएको शिल्ड ७ महिनापछि खोसिएको थियो । यस वर्ष फेरि उसु पदक गणनामा विवाद भएपछि शिल्ड नगरपालिका ल्याइएको हो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष भट्टले नगरपालिकाबाट शिल्ड पाउँदा विद्यालय र विद्यार्थी सबै खुसी भएको बताए ।

‘हामी सबै निकै खुसी छौ, अन्याय हुँदै थियो, हुन सकेन, य शिल्डको खुसी हाम्रो सबै खेलाडी, विद्यार्थी, शिक्षक, कर्मचारी, शुभेच्छुक सबैको हो’ उनले भने ।

प्रतियोगिता निर्णायक समितिले पदक गणना नगर्ने निर्णय गरेपछि विद्यार्थीहरुले सचिवालयमा तालाबन्दीको प्रयास गरेका थिए । प्रतिस्पर्धा गरी शिल्ड नपाउने निणयले दुःखी भएका विद्यार्थी कबर्ड हलमा रोएका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष भट्टले शिल्ड पाए पनि कबर्ड हलमा विद्यार्थीले चुहाएका आँशु अझैसम्म आफूले बिर्सन नसकेको बताए ।

‘म अझै ती विद्यार्थीका आँशु झलझली सम्झन्छु, हामीमाथि खै किन हो, असाध्यै अन्याय हुँदै थियो’ उनले भने ।

भीमदत्त नगर खेलकूद विकास समितिले पुस १६ गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो । चार दिनपछि समापन गरिएको प्रतियोगिताको शिल्ड सोमबार दिइएको हो ।

नगरपालिका कार्यालयबाट शिल्डलाई विद्यार्थी, शिक्षक, कर्मचारी,अभिभावले बजार परिक्रमा गराएर कार्यालयमा ल्याएर राखेका छन् ।

विद्यालय पुगाएपछि शिल्डलाई केही समय बाहिर प्राङ्गणमा राखिएको छ ।

विद्यालयले मंगलबार शिल्ड सहित विद्यालयमा औपचारिक कार्यक्रम गरी बिजेता विद्यार्थीलाई मेडल सहित सम्मान गर्ने कार्यक्रम बनाएको प्रधानाध्यापक नरेन्द्रराज जोशीले बताए ।

प्रतियोगिता सचिवालयले पदक गणनामा पदक समावेश नगरी सार्वजनिक गरेपछि विवाद चुलिएको थियो ।

उसु खेलमा बैजनाथ माविले ९ स्वर्ण र १ कास्य जितेको थियो । यस वर्ष उसुमा बैजनाथ सहित ५ विद्यालयले भाग लिएका थिए ।

भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष चन्दले राष्ट्रिय खेलकूद परिषद्को निर्णय अनुसार शिल्ड प्रदान गरिएको बताए।

 

Himal dental
सम्बन्धित
Loading...