

महेन्द्रनगर । कञ्चनपुर २ बाट एमाले युवा नेता बचन बहादुर सिहले प्रतिनिधि सभा सदस्य चुनाव लड्ने भएका छन् । राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष सिहलाई शनिबार एमाले केन्द्रीय कमिटी सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सिह यस अघि २०७९ मा कञ्चनपुर २ मा क बाट प्रदेश सभा सदस्य निर्वाचन लडेका थिए । तत्कालिन काँग्रेस माओवादी केन्द्रको गठबन्धनसित थोरै मतान्तरले सिह पराजित भएका थिए ।

सिहलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारमा रोक्न सिफारिशमा नहुने गरी आन्तरिक प्रतिस्पर्धामा पराजित गरिएको थियो । एमाले कञ्चननपुर क्षेत्र नं. २ ले निर्वाचन गरी उम्मेदवार छनौट गरेको थियो ।
एमाले पूर्व साँसद नर बहादुर धामी र बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द र पार्वती जोशी आन्तरिक प्रतिस्पर्धा जितेर उम्मेदवार सिफारिश भएका थिए ।
एमालेले आन्तरिक प्रतिस्पर्धामा पराजित सिहलाई प्रतिनिधि सभा सदस्यको टिकट दिने निर्णय गरेको हो । एमालेभित्र आन्तरिक चुनावी हारजितको नतिजालाई नहेरी सिहले टिकट पाउने चर्चा थियो ।
सिंहलाई उम्मेदवार सिफारिशमा रोक्न अघि महाधिवेशन प्रतिनिधिमा रोक्न खोजिएको थियो । उनी केन्द्रीय सदस्यमा चुनाव लड्ने निश्चित भएपछि उनलाई महाधिवेशन प्रतिनिधि रोक्ने प्रयास गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिमा सिह सर्वसम्मत चयन भएर भएर केन्द्रीय सदस्य चुनाव लडे । केन्द्रीय सदस्यमा सिहले जित्ने नेता कार्यकर्ताको अनुमान थियो । उनी केन्द्रीय सदस्य पराजित भए ।

कञ्चनपुर २ मा सिह र ३ मा डा. दिपक प्रकाश भट्टलाई महाधिवेशन प्रतिनिधि रोक्न प्रयास गरिएको चर्चा व्यापक भएको थियो । डा. भट्टलाई एमालेले कञ्चनपुर ३ मा उम्मेदवार बनाउन लागेको छ । एमाले ११ औ महाधिवेशनमा उनी पनि केन्द्रीय सदस्यमा पराजित भए ।
महाधिवेशन प्रतिनिधिमा रोक्न नसकेर केन्द्रीय सदस्य लडेर पराजित यी दुई नेता फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका उम्मेदवार हुने भएका हुन् ।
एमालेमा विद्यार्थी राजनीतिबाट आएका सिह एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा आकाँक्षी थिए । प्रदेश नेतृत्वमा सहमति भएपछि ब्याक भएका उनी अहिले प्रतिनिधि सभा सदस्य उम्मेदवार भएर चुनाव लड्न लागेका छन् ।
सिह २०७९ को निर्वाचनमा कञ्चनपुर २ बाट प्रतिनिधि सभा सदस्य चुनाव लड्न चाहन्थे । एमालेले पूर्व साँसद धामीलाई प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएपछि उनी प्रदेश सभा सदस्य चुनाव लडेका थिए ।
सिह उम्मेदवार भएपछि कृष्णपुर र शुक्लाफाँटाका केही एमाले नेताले पार्टी छाडेका थिए । उनीहरुको असहयोग विना गठबन्धनलाई कडा टक्कर दिएपछि सिह कञ्चनपुर २ मा बलियो नेताका रुपमा आएका हुन् । सिहले टिकट पाएपछि असन्तुष्ट भएका नेताहरु अहिले एमाले छाडेर बाहिर निस्केका छन् ।
प्रदेश निर्वाचनपछि सिहलाई पार्टीभित्रका जिम्मेवारीमा रोक्न खेल सुरु भएको एमाले नेताहरु बताउँछन् ।
एमाले पूर्व साँसद धामी र सिंह दुबै विद्यार्थी राजनीतिबाट एकसाथ उदाएका नेता हुन् । अहिले उनीहरु पार्टीभित्र छुट्टाछुट्टै गुटमा छन् ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश धामी, चन्द र जोशी सबै बेदकोट नगरपालिकाका थिए । एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा समेत आन्तरिक प्रतिस्पर्धामा पराजित भएर उम्मेदवार सिफारिशबाट बाहिरिन पुगेकी थिइन् ।
कञ्चनपुर २ मा बेदकोट नगरपालिकाका ९ वडा सहित शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छ ।
२०७९ को निर्वाचनमा कञ्चनपुर २ बाट काँग्रेसका एनपी साउँदले चुनाव जितेका थिए । त्यस अघि २०७४ मा एमालेका नर बहादुर धामीले चुनाव जितेका थिए ।

