ghar sansar

कञ्चनपुर ३ मा रास्वपाको टिकट रस्साकस्सी सकियो, महता बने उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार बनाउने भएको छ । रास्वपाले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि कञ्चनपुर–३ बाट महतालाई टिकट दिएको हो ।

महताले आफूलाई उम्मेदवार बनाएको जानकारी दिएका छन् । उनलाई आइतबार साँझ टिकट दिइएको हो । ’राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई कञ्चनपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको रूपमा टिकट प्रदान गरेर व्यक्त गर्नुभएको विश्वास र जिम्मेवारीप्रति म हृदयदेखि आभारी छु,’ महताको भनाइ छ ।

,orning glory badhai
dirghayi clinic

आफू कञ्चनपुर क्षेत्र नम्बर–३ का जनताको भरोसा, अपेक्षा र सपनालाई आत्मसात गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका लागि इमानदारीपूर्वक अघि बढ्ने महताले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस अघि कञ्चनपुर ३ मा महता सहित कृष्णदत्त जोशी बोक्सर, उमेश पाण्डेय, धिरज जोशी र मनोज भट्ट उम्मेदवार हुने चर्चा चलेको थियो ।

महतालाई रास्वपाले एकल रुपमा सिफारिश गरेपछि पार्टी क्षेत्रीय समितिले विधि बाहिरबाट उम्मेदवार ल्याए अस्वीकार गर्ने चेतावनी दिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...