ghar sansar

एमालेमा टिकट खोसिएकी बोहराले भनिन्–पार्टी हितका लागि शुली चढ्न तयार छु

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर १ मा टिकट खोसिएकी एमाले केन्द्रीय सदस्य कमला बोहराले आफू पार्टी हितका लागि शुली चढ्न तयार रहेको बताएकी छन् । एमाले केन्द्रीय सचिवालयले शनिबार बोहरालाई कञ्चनपुर १ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सचिवालयको निर्णय अर्को दिन हेरफेर गर्र्दै बोहराको स्थानमा निवर्तमान साँसद तारालामा तामाङ्गलाई उम्मेदवार बनाउने भएपछि बोहराले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

,orning glory badhai
dirghayi clinic

‘म नेकपा एमालेको एक योद्धा हु मेरो सम्पूर्ण जीवन पार्टी र जनताको लागि समर्पण गर्ने सपथ सहित निरन्तर मैदानमा छु । पार्टीले सुदूरपश्चिम भरिमै १ जना महिला उम्मेद्वारका रुपमा मलाई अघि सारेकोमा मलाई गर्व छ । यस निर्णय लाई पार्टीले टिकाउन नसक्नु र समग्र राष्ट्रको परिस्थिति बुझ्न नसक्नु पार्टीको के कमजोरी या बाध्यता रह्यो म अनविज्ञ छु । म आफूलाई महिला भएको कारण अवसर पाउनु पर्छ भन्ने कहिल्यै मान्दिन, सदा आफ्नो क्षमता र क्रियाशिलतामा विश्वास गर्छु । तथापि पार्टीले गरेको निर्णय मेरो पार्टीको हित र समग्र कञ्चनपुरको हितमा भए शुली चढ्न पनि पछि पर्ने छैन’ उनले भनेकी छन् ।

बोहराले अहिलेको अवस्था विभाजनको नभएको उल्लेख गर्दै एमाले उम्मेदवार तारालामा तामाङ्गलाई विजयी गराउन आव्हान गरेकी छन् ।

‘यो अवस्था बिभाजन र बैमनस्यताको नभई एकता र सद्भावको हो । सबै मिलेर नेकपा एमालेका सुर्य ध्वजा बाहक कमरेड तारा लामा सहित सबै उम्मेद्वारलाई देशै भरी बिजयी बनाउने हो । म प्रति चासो र चिन्ता ब्यक्त गर्नु हुने सबै प्रति हृदयान्तर धन्यवाद, तपाई हरुको बिस्वास र माया नै मेरो पूँजी हो । सदा सतिसाल झै तपाईहरु संगै उभिने छु । एकताबद्ध एमाले मृत्यु प्रयन्त एमाले रगतमा एमाले यहि भन्न चाहन्छु । धन्यवाद’ उनले भनेकी छन् ।

Himal dental
सम्बन्धित
Loading...