ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघले सह कोषाध्यक्ष महरालाई पदमुक्त गरेपछि १५ औ निर्वाचनबाट निर्वाचित समितिको वैधानिकता विवाद पुग्यो अदालत

little buddha academy
khasi

रविन्द्र ओझा

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका सह कोषाध्यक्ष हेम महरालाई पदमुक्त गरेपछि सिङ्गो कार्य समितिको वैधानिकता सम्बन्धि विवाद अदालत पुगेको छ । संघको केही दिन अघि बसेको कार्य समिति बैठकले सह कोषाध्यक्ष महरालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

,orning glory badhai

संघको गत भदौ तेस्रो साता गरिएको १५ औं अधिवेशनबाट महरा सह कोषाध्यक्षमा निर्वाचित भएका थिए । संघले महरालाई पदमुक्त गरेपछि उनी १५ औं कार्य समितिको वैधानिकतालाई लिएर अदालत पुगेका छन् ।

महराले कार्य उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा संघको कार्य समिति, निर्वाचन समिति र कार्यालय प्रमुख विरुद्ध रिट निवेदन दिएका हुन् ।

महराको रिटमा पुस २९ गते पहिलो सुनुवाई भएको छ । अदालतले माघ २ गते निर्वाचन सम्बन्धि सम्पूर्ण काजात सहित दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

संघको कोषाध्यक्षबाट पदमुक्त गरिएका महराले आफू सहित फर्म नविकरण नभएका अन्य व्यवसायी सहितको मतबाट संघको वर्तमान समिति निर्वाचित भएकाले आफू अदालत पुगेको बताए ।

‘संघले मलाई मेरो फर्म नविकरण नभएको, त्यसको कागजात नभएको भनेर पदमुक्त गरेको छ, म जस्ता अन्य फर्म पनि छन्, म जस्ता ती सबैको फर्मका सदस्यले निर्वाचनमा मतदान गरी जिताएका छन्’ उनले भने,‘मेरो मात्रै अवैध मत हुने हो भने अरुको पनि हुन्छ, त्यसैले अवैध मतले बनेको यो समिति नै अवैध हो भनेर अदालत गएको छु ।’

संघको १५ औं अधिवेशनमा महरा निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टको प्यालनबाट सह कोषाध्यक्ष निर्वाचित भएका थिए ।

dirghayi clinic

महराले असोज ६ गते शपथ ग्रहण गरी पदस्थापन गरेका थिए । सह कोषाध्यक्षमा पदस्थापन भएको चार महिनापछि उनलाई पदमुक्त गरिएको हो ।

सह कोषाध्यक्षमा पराजित पदमराज भट्टले महरा विरुद्ध संघमा जाहेरी दिएपछि उनलाई आवश्यक कागजात पेश गर्ने सहित स्पष्टीकरण सोधिएको थियो ।

महराले संघमा आफ्नो सदस्या नविकरण भएकाले सह कोषाध्यक्ष चुनाव लडेको जवाफ दिएका थिए ।

भीमदत्त नगरपालिकामा नविकरण नभएका फर्मका १७ सदस्यले मतदान गरेका छन् । नगरपालिकाका अनुसार नगरपालिकामा ५३ जनाले फर्म नविकरण गराएका छैनन् ।

सह कोषाध्यक्ष महरा आफूमाथि अन्याय भएको भन्दै प्रमाण सहित उच्च अदालत गएको बताउँछन् ।

‘भदौ २१ गते सम्पन्न भएको संघको अधिबेशनबाट सम्पूण प्रक्रिया पुरा गरी सह कोषाध्यक्ष पदमा निर्वाचित भएको हु, अहिले आएर एक्कासी मलाई मदमुक्तको पत्र दिएपछि मलाई अन्याय भएको आभास भएकोले सम्मानित अदालतमा रिटनिवेदन दिएको छु,’ उनले भने ‘एक्कासी आएर ममाथि चुनावको प्रतिशोध साध्ने उदेश्यले पदमुक्त गरेको महशुस भएको छ, यदि अवैधानिक नै हो भने निर्वाचन समितिले मलाई निर्वाचनमा किन सहभागिता गरायो ? होईन भने मलाई पदमुक्त गर्ने कानुनी आधार के हो ? भनेर अदालत पुगेको हु ।’

सहकोषाध्यक्ष हेम महराको नगरपालिकाबाट संस्था नविकरण नगरेको भन्दै निर्माण व्यवसायीसंघमा निबेदन आएपछि अनुसन्धानपछि स्पष्टिकरण मागेको र महराबाट चित्तबुझ्दो जवाफ नआएकाले पदमुक्त गरीएको निर्माण व्यवसायी संघलाई उद्धृढ गर्दै संघका कानुनी सल्लाहकार अधिवक्ता पदमराज भट्टले बताए ।

‘सहकोषाध्यक्ष हेम महराको फर्म नगरपालिकाबाट नविकरण नभएको र पनि सह कोषाध्यक्ष पदमा उमेदवारी दिए, निर्वाचन प्रक्रियामा कुनैपनि प्रकारको दावी विरोध नपरेको र अन्त्यमा पदमुक्त गरीएको कुरा संघबाट जानकारी पाएको हँु,’ कानुनी सल्लाहकार भट्टले भने, ‘कोषाध्यक्षकै अर्का उमेदवारले उक्त कुरा जानकारी पाएपछि संघमा वरखास्तका लागि निवेदन परेको र संघले अध्ययन तथा विभिन्न परामर्शगरी महरा जिलाई स्पष्टिकरण सोधेर मात्रै चित्त नबुझेर पदमुक्त गर्ने निर्णय गरेको हो ।’

भदौ २१ गते सम्पन्न भएको १५औ जिल्ला अधिबेशनबाट पुष्पराज अवस्थीको नेतृत्वमा नयाँ कार्यसमिमिति निर्वाचित भएको थियो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देब बहादुर चन्द, उपाध्यक्षमा यज्ञाज बैज, महासचिवमा देविदत्त भट्टm सचिवमा यज्ञराज बैज, महासचिवमा देबीदत्त भट्ट र सचिवमा बृज कशोर चन्द निर्वाचित भएका थिए ।

संघको सदस्यमा गणेश सुवेदी, महेश जोशी, दिपक कार्की, नविन चन्द, सन्तोष खत्री, मनिराज रेग्मी, चन्द्रसिंह काकी र डम्बर दत्त पन्त निर्वाचित भएका थिए । जिल्ला अधिबेशनबाट हेम महरा १३५ मत लिएर सहकोषाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...