ghar sansar

उम्मेदवारी मनोनयनकै दिन रास्वपा कञ्चनपुरमा असन्तुष्टि विस्फोट, घिन लाग्दो खेलमा लाग्न नसकिने भन्दै एक महिना नहुँदै बोक्सरले छाडे पार्टी

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आश्वासन अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार टिकट नदिएर वेवास्ता भएपछि कृष्णदत्त जोशी बोक्सरले पार्टी छाडेका छन् ।

उम्मेदवारी मनोनयनको विहान बोक्सरले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी छाडेर स्वतन्त्र बस्ने घोषणा गरेका हु्न् ।

,orning glory badhai
dirghayi clinic

२०७९ को निर्वाचनमा भीमदत्त नगरपालिकाको उप मेयरमा थोरै मत अन्तरले पराजित भएपछि बोक्सर तत्कालिन माओवादी केन्द्र छाडेर स्वतन्त्र भएका थिए । उनी गत महिना मात्रै रास्वपा प्रवेश गरेका थिए ।

रास्वपा कञ्चनपुरले बोक्सरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने आश्वासन दिएको थियो ।

उम्मेदवार आश्वासन पाएका बोक्सरलाई उम्मेदवारका आकाँक्षी छनौट बैठकमा समेत सहभागी गराउन वेवास्ता भएपछि उनी असन्तुष्ट भएका थिए । बोक्सरले फेसबुकबाट आफू घिनलाग्दो खेलमा लाग्न नसक्ने उल्लेख गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...