ghar sansar

कञ्चनपुर १ मा १९ जनाको उम्मेदवारी, मगर र तामाङ्ग फेरि प्रतिस्पर्धी, काँग्रेसका उपाध्यय पहिलो पटक प्रतिस्पर्धामा

khasi

महेन्द्र्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका १५ र चार स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दिएका छन् ।

dirghayi clinic

निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, मंगोल नेशनल अर्गिनाइजेशन पार्टीबाट होम बहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देपेन्द्र बहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, राष्ट्रिय जनमोर्चा पार्टीबाट राजाराम चौधरी र उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ उम्मेदवार रहेका छन् ।

त्यसैगरी नेकपा एमालेबाट तारा लामा तामाङ, कांग्रेसबाट गोपी प्रसाद उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीबाट बिना मगर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपालबाट कृष्ण चौधरी, , आम जनता पार्टीबाट सिता विक तथा नेकपा माओवादीबाट पुरन रानाथारु उम्मेदवार बनेका छन् ।

संयुक्त नागरिक पार्टीबाट दानियल विक, मितेरी पार्टी नेपालबाट सियाराम रानाले उम्मेदवारी दर्ता गराएका छन् भने यादव सिंह,अनिल राना‌, रुपादेवि बिष्ट र मञ्जुदेवी सुनारले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...