ghar sansar

पत्रकार सम्मेलन गरी राप्रपा उम्मेदवारले गरे चुनावी वाचा सार्वजनिक

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का कञ्चनपुर ३ र २ का उम्मेदवारले उम्मेदवारीपछि बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना एजेण्डा सार्वजनिक गरेका छन् ।

कञ्चनपुर ३ का उम्मेदवार पूर्ण पूर्ण बहादुर चन्द र २ का उम्मेदवार तिर्थराज चटौतले बिहीबार साँझ पत्रकार सम्मेलन गरी चुनावी वाचा सार्वजनिक गरेका छन् ।

,orning glory badhai

राप्रपा ३ का उम्मेदवार चन्दले देशभरमै नमूना क्षेत्र बनाउने घोषणा गरे । उनले राप्रपा निष्कलंक पार्टी भएकाले यस पटक जनताले विश्वास गर्ने उल्लेख गरे ।

dirghayi clinic

‘मेरो चुनावी क्षेत्रमा हिजोका दिनदेखि आजसम्म चुनाव जितेका सांसदले समान्य कृषि, शिक्षा, स्वाथ्यदेखि पर्यटकको विकासमा चासो समेत दिएको रहेनछ, पत्रकार सम्मेलनमा चन्दले भने, ‘यो क्षेत्र औद्योगिक, व्यवसायिक, धार्मिक, प्राकृतिक पर्यटकीय क्षेत्र भएको उर्बरा भूमि हो, यस अघि जितेका साथीहरुले यहाँ ध्यानै दिएको जस्तो देखिएैन, ‘उनले भने, ‘भारतको राजधानी दिल्लीसम्म नजिकको दुरी हाम्रै हो, सुख्या बन्दरगाहदेखि नाकामा समस्या समाधान गर्न पनि उस्तै छन ।’

चन्दले यस अघि जितेको साँसदहरुको पालामा यस क्षेत्रमा काण्डैकाण्डै भएको उल्लेख गर्दै यस पटक जनताले ती दलका सहयोग नगर्ने बताए ।

निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार चटौतले आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै समस्या रहेको बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अहिलेसम्म दैजी जोगबुढा सडक, बेलौरी कलुवापुर सडक, सुकुमबासी, आरक्षपीडित, भूमिहिन जनताका समस्या उस्तै रहेछन, ‘उनले भने, ‘मैले जिते राज्यबाट पाउने सबै सेवा सुविधा यि नै गरिब निमुखा जनताको हितमा लगाउँछु ।’

यस अघि चुनाव जितेका दलहरुले क्षेत्रको विकासका चासो समेत नदिएको आफुले पाएको बताए ।

पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एव समानुपातिक उम्मेदबार धर्मराज जोशी, जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, कमल चन्द लगायतका नेताहरु सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...