ghar sansar

पूर्ण बहादुर चन्द : बुवाको बिँडो थाम्दै राजनीतिमा, कञ्चनपुर ३ मा राप्रपाबाट लड्दै छन् चुनाव

little buddha academy
khasi

महेन्द्रनगर । ‘भ्रष्टाचार गर्न आमाको रगत खानु सरह हो, हामी यही मान्यता बोकेका छौ, जनतासित म भ्रष्टाचार न्यूनीकरण, हिन्दू सनातन राज्य, यो क्षेत्रको आमूल परिवर्तनको एजेण्डा बोकेर जनताको घरदैलोमा जान्छु, हामी बेदाग छौ, जनताले यस पटक पक्कै विश्वास गर्नेमा आशावादी छु’ कञ्चनपुर ३ का राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार पूर्ण बहादुर चन्दले बुधबार साँझ पत्रकार सम्मेलनमा भने ।

मंगलबार उम्मेदवारी दर्तापछि कञ्चनपुर ३ र २ का उम्मेदवारले पत्रकार सम्मेलन गरी उम्मेदवारीको औचित्य र चुनावी वाचा सम्बन्धि जानकारी गराएका हुन् ।

,orning glory badhai

कञ्चनपुर ३ बाट राप्रपाका चन्द फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका छन् । राप्रपाका केन्द्रीय सदस्य चन्द पार्टीका सह प्रवक्ता छन् ।

‘हामी यो क्षेत्रमा आमूल परिवर्तन गर्न चाहन्छौ, कंचनपुर ३ लाई नमूना बनाउने छौ’ पत्रकार सम्मेलनमा चन्दले भने ।

भीमदत्त नगरपालिका ४ का वासिन्दा चन्द यस पटक राप्रपालाई बहुदल स्थापनापछि पहिलो पटक सत्तामा पुगाउने लक्ष्य लिएर चुनावी मैदानमा आएका हुन् । अघिल्ला दुई चुनावमा राप्रपाले चुनाव नलडेर अरु दललाई सहयोग गरेको थियो ।

यस पटक कञ्चनपुरका तिनै क्षेत्रमा राप्रपाका उम्मेदवार चुनावी मैदानमा छन् । कञ्चनपुर ३ मा चन्दले उम्मेदवारी दर्तापछि भेटघाट सुरु गरि सकेका छन् ।

‘अहिले भेटघाट, फोन कुराकानी, छलफलमा छु’ उनले भने,‘सबैबाट राम्रो रेस्पोन्स मिलेको छ, चुनावमा जाँदा उत्साहित छु ।’

बैतडी पुख्र्यौलीका चन्द बालकालदेखि राप्रपाको राजनीतिमा आएका हुन् । बैतडीको सुर्नया गाउँपालिका १ गुर्गेलीमा २०३१ मा जन्मिएका उनी पूर्व प्रधानपञ्च जय बहादुर चन्दका साइलो छोरा हुन् ।

उनका बुवा तीन कार्यकाल तत्कालिन हटैराज गाउँ पञ्चायतको अध्यक्ष भएका थिउ । बुवाबाट प्रेरित भएका उनी सानैदेखि समाज सेवा गर्न चाहन्थे । विद्यार्थी जीवनमा राप्रपा विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा आएका हुन् ।

‘बु्वा बुवा प्रधान पञ्च थिए, त्यो बेला हटैराज गाउँ पञ्चायत थियो, म दाई भाईमा साइलो हुँ’ चन्दले भने, ‘सुरुदेखि मलाई नोकरी गर्ने इच्छा थिएन, सामाजिक रुपमा केही गर्न पाए भन्ने भावना हुन्थ्यो, त्यसपछि राजनीतिमा जोडिएर यहाँसम्म आए ।’

गाउँका विद्यालयबाट अक्षराम्भ गरेका चन्दले बैतडी सदरमुकामस्थित बिरेन्द्र माध्यमिक विद्यालय शाहीलेकबाट एसएलसी उत्तीर्ण गरे । शाहीलेकबाट पढ्दा चन्द राप्रपाको विद्यार्थी संगठन प्रजातान्त्रिक विद्यार्थी संगठनमा आवद्ध भएर राजनीतिमा आएका हुन् ।

एसएलसीपछि उनले काठमाडौं र भारतीय राजधानी दिल्लीबाट उच्च शिक्षा अध्ययन गरेका छन् । राजनीतिसंगै व्यवसायमा समेत आवद्ध राप्रपा राजनीतिमा सक्रिय भएर केन्द्रीय सदस्य भएर प्रतिनिधि सभा सदस्य उम्मेदवार भएका छन् ।

चन्द यस अघि २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवार थिए । अहिले उनी संघीय संसदमा प्रतिनिधित्वका लागि प्रत्यक्षमा चुनाव लडेका छन् ।

dirghayi clinic

बैतडीबाट २०५४ मा तराई झरी चन्दले राजनीति र व्यवसाय संगसंगै अघि बढाएका हुन् । चन्द इटा र बिटुविन व्यवसायी हुन् । सडक कालोपत्रेमा प्रयोग हुने बिटुमिन चन्दले पहिलो पटक उत्पादन गरी व्यवसाय सुरु गरेका थिए ।

राप्रपा केन्द्रीय सदस्य हुन अघि चन्द राप्रपाको जिल्ला राजनीतिमा सक्रिय थिए । उनले राप्रपा कञ्चनपुरको अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन् । उनी १० वर्ष राप्रपा कञ्चनपुरको उपाध्यक्ष थिए ।

राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएर केन्द्रीय सह प्रवक्ता भएका हुन् ।

कञ्चनपुरको राजनीतिमा उनी नेतृत्व गर्न सक्ने र उनीमा आकर्षित गर्न सक्ने भाषण कला छ । उनी आफू हरेक क्षेत्रमा अब्बल हुन चाहेको बताउँछन् ।

उनी नाम अनुसार जीवन नहुने बताउने उनी मानिस कहिल्यै पूर्ण नहुने बताउँछन् ।

‘मेरो पूर्ण हो, नाम पूर्ण हो भन्दैमा सबै कुरा पूर्ण हुँदैन, मानिस कहिले नि पूर्ण हुन सक्दैन’ उनले भने,‘समाज सेवामा रम्न चाहन्छु, हरेक क्षेत्रमा अब्बल हुन चाहन्छु ।’

जीवनमा उनले आफू र समाज खुसी राख्ने लक्ष्य लिएको सुनाए । राजनीति बाहेक चन्दले विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरेका छन् । समाज कल्याण अञ्चल बाल अनाथालयको चन्द अध्यक्ष भइ सकेका छन् । आर्थिक अभावले अनाथालय बन्द हुने अवस्थामा पुगेका बेला चन्दले नेतृत्व लिएका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष भएर उनले समुदाय र प्रहरीबीच सम्बन्ध सुधारका काम गरेका थिए ।

चन्द सुटिङ संघ व्यवसायी संघ कञ्चनपुरका पनि अध्यक्ष छन् । सबैसित घुलमिल हुन सक्ने स्वभावका उनले सत्य तथ्य बोल्न डर नमान्ने नेताको पहिचान बनाएका छन् ।

विघटित प्रनिनिधि सभाका दुई ठूला दल काँग्रेस एमालेको पालामा भएका काण्डले जनताले असन्तुष्ट भएकाले यस पटक राष्ट्रिय एकता, सनातन हिन्दू राज्य, राजसंस्था पुनरागमन र भ्रष्टाचार विरुद्ध जनताले मत दिने चन्दले बताए ।

कञ्चनपुर ३ मा यस अघि धर्मराज जोशी, जयन्त चन्द र इन्द्र बहादु्र खत्री चुनाव लडेका छन् । उनीहरुमा जोशी सबैभन्दा बढी तीन पटक चुनाव लडेका छन् ।

जोशी २०७४, २०६४ र २०५१ चुनाव लडेका थिए । २०५६ मा जयन्त बहादुर चन्द र बहुदल स्थापनापछि २०४८ मा भएको पहिलो चुनाव इन्द्र बहादुर खत्री लडेका थिए ।

राप्रपा उम्मेदवार चन्दले चुनावमा निर्वाचन क्षेत्रका सबै वडामा भएको पार्टी संगठन परिचालन गरिने बताए । 

कञ्चनपुर ३ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिकाका ३० वडा छन् ।

पूर्व गृहमन्त्री रमेश लेखक चुनावी मैदानमा नभएकाले आफूलाई केही सजिलो भएको चन्दले बताए ।

‘अहिले हाम्रो प्रतिस्पर्धी को हुन्छ भनेर ठयाक्कै भन्न सकिने अवस्था छैन, १५ दिनपछि सिनरी आउँछ’ उनले भने,‘सम्भवतः काँग्रेस प्रतिस्पर्धी हुन सक्छ ।’

Himal dental
सम्बन्धित
Loading...