ghar sansar

एमालेले सुदूरपश्चिमका बहुमत सीट जित्छ – प्रदेश अध्यक्ष जैसी

little buddha academy
khasi

महेन्द्रनगर । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैसीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले सुदूरपश्चिममा बहुमत ल्याउने दाबी गरेका छन् ।

बेलौरीमा सोमबार कञ्चनपुर १ का एमाले उम्मेदवार तारालामा तामाङ्गको पत्रकार सम्मेलनमा सहभागी अध्यक्ष जोशीले राष्ट्र, राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा जनताले मत दिएर एमालेलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

,orning glory badhai

‘यो चुनावमा सुदूरपश्चिममा बहुमत आउँछ’ उनले भने,‘त्यसका लागि पार्टी योजना बनाएर मतदातासम्म पुग्छ, मतदाताले विश्वास गर्नेमा पूर्ण आशावादी छौ ।’

dirghayi clinic

एमालेले यस अघि २०७९ को निर्वाचनमा सुदूरपश्चिममा प्रत्यक्षतर्फ दुई सीट जितेको थियो । एमाले यस निर्वाचन मार्फत सुदूरपश्चिमका १६ सीटमा बहुमत ल्याउने रणनीति बनाएर चुनावी मैदानमा होमिएको अध्यक्ष जैसीले बताए ।

कञ्चनपुर १ का एमाले उम्मेदवार तामाङ्ग २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए । तत्कालिन काँग्रेस माओवादी केन्द्रको गठबन्धनलाई तामाङ्गले फराकिलो मत अन्तरले पराजित गरेका थिए ।

एमाले प्रदेश अध्यक्ष जैसीले जेन जी युवाको पवित्र आन्दोलनमा घुसपैठ गरी विध्वशं मच्चाएर स्वार्थ पूर्तिको लक्ष्य राखेर विशेष परिस्थितिमा चुनाव हुन लागेको बताए ।

जेन जी युवाको माग चुनाव नभएर देशमा सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खोल्नु पर्ने भएको उल्लेख जैसीले उल्लेख गरे ।

Himal dental
सम्बन्धित
Loading...