

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रधानमन्त्री घोषणा गरिएका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) महेन्द्रनगर पुगेर फर्किएका छन् ।
मंगलबार कैलालीको धनगढीबाट कञ्चनपुरको पुर्नवास डोकेबजार हुँदै बेलौरी, झलारी, बेदकोट हुँदै उनी महेन्द्रनगर आएका हुन् ।


महेन्द्रनगर पुगेर उनी मदन चोक र ऐठपुरस्थित रास्वपा पार्टी कार्यालय पुगेका छन् । ती दुबै स्थानमा घण्टी बजाए । उनले औपचारिक रुपमा केही भाषण गरेन् ।
पार्टी कार्यालयमा रास्वपा नेता कार्यकर्ता र समर्थक बालेन हेर्न पुगेका थिए । पार्टी कार्यालयमा केही छिन बसेर उनी फर्किएको नेताहरुले बताए ।
्बेलौरीमा कञ्चनपुर १ का रास्वपा उम्मेदवार जनक सिह धामीले पार्टी कार्यालयमा स्वागत गरे । पार्टी कार्यालयमा उनले शाहलाई मायाको चिनो दिए । उनले पार्टीको निर्णय पुस्तिका हस्ताक्षर र घण्टी बजाए ।

