ghar sansar

दोधारा चाँदनीमा पिएचसीलाई अस्पताल बनाउन खेलेको भूमिका स्थलगत रुपमा बुझि दिन एमाले उम्मेदवार डा. भट्टको आग्रह

khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टले दोधारा चाँदनी नगरपालिकास्थित नगर अस्पताल सञ्चालन र सुधारका लागि आफूले निर्वाह गरेको भूमिका सम्बन्धि बुझि दिन आग्रह गरेका छन् ।

प्रेस चौतारी कञ्चनपुरको उम्मेदवार पत्रकार भेटघाट कार्यक्रम अन्र्तगत बिहीबार गरिएको कार्यक्रममा उम्मेदवार डा. भट्टले प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी) नगर अस्पताल भएर सञ्चालनम आएर र स्वास्थ्य सेवा सुधार भएको बताएका हुन् ।

dirghayi clinic

‘निक साइमन संस्थासितको सहकार्यमा त्यहाँ काम गरिएको छ, त्यो दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था हो, त्यहाँ १५ बेडको अस्पताल सञ्चालन भएको छ, त्यसको स्वास्थ्य सेवामा सुधा।र गरेका छौ’ उनले भने,‘ त्यो त्यहाँ गएर बुझि दिनु होला, त्यहाँ गएर रिपोर्टिङ्ग गरि दिनु होला, म, त्यो आग्रह गर्छु ।’

२०७४ को आम निर्वाचनमा डा. भट्टका दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा थियो ।

निर्वाचन जितेपछि डा. भट्टले स्वास्थ्य केन्द्र सुधारका लागि निक साइमनसित सहकार्य गरी सम्झौता गराएका थिए ।
निक साइमनसित सम्झौतापछि तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक सहित जनशक्ति थप भएको थियो । त्यसपछि प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति भएर नगर अस्पताल बनेको छ ।

अहिले नगर अस्पतालमा चिकित्सकीय सेवा, फार्मेसी, ल्याब लगायतका सेवा सञ्चालनमा छन् । डा. भट्टले आफ्नो मन्तव्यको सुरुवातमै दोधारा चाँदनीको पिएचसी नगर अस्पताल बनेका बताएका हुन्। 

Himal dental
सम्बन्धित
Loading...