

महेन्द्रनगर । एमाले केन्द्रीय लेखा आयोग सचिव ईश्वरी प्रसाद खरेलले कञ्चनपुर ३ मा डा. दीपक प्रकाश भट्टले सजिलै चुनाव जित्ने बताएका छन् । भीमदत्त नगरपालिका १८ मा उम्मेदवार भट्टको चुनाव सम्पर्क कार्यालय उद्घाटन गर्दै खरेलले डा. भट्ट वाचा अनुसार काम गर्ने भिजनरी नेता भएको र बलियो व्यक्तित्व भएको उल्लेख गरे ।
‘काँग्रेसले चाहिँ यहाँ उम्मेदवार नपाएर पारीबाट, अर्को बेदकोटबाट हायर गरी ल्याएको छ, अरुहरु त तपाईहरुले देखि राख्नु भएको छ, एउटा हल्ला गरी हिँड्ने, ती छँदैछन्, ती पनि हाम्रो बिचमा आएका छन्, अरु पारी पट्टिका हाम्रो ताराका उम्मेदवार हुनु हुन्छ, वहाँ भन्दा तारा भनि सकेपछि दिउँसै घाम लागेको बेलामा तारा आउँदैन भन्ने हामीलाई विश्वास छ, घाम लागेपछि तारा आउँदैन, अब घाम लागि सकेको छ,’ उनले भने त्यस कारण हामी सबै एकमना एकतनका साथ लागेपछि नेकपा एमालेले यस क्षेत्रमा सजिलै चुनाव जित्छ ।’

एमाले उम्मेदवार भट्टले विगतमा गरेका काम सनो पृष्ठभूमिका व्यक्तिले गर्न नसक्ने नेता खरेलले उल्लेख गर्र्दै उनी भिजन सहित आएको बताए ।

‘वहाँले विगतमा गरेका काम छन्, यो सानो पृष्ठभूमिका मान्छेले गर्न सक्दैन, विकास निर्माणका कममा भिजन सहित आउनु प¥यो’ उनले भने, ‘विकास निर्माण, ग्राभेल त सबै हाल्न सक्छ, तर ग्राभेल हाल्दा कति ग्राभेल हाल्नु पर्छ, कुन बाटोमा ग्राभेल हाल्दा मान्छेलाई सजिलो हुन्छ भन्ने समेतका भिजन भएका उम्मेदवार, दोधारादेखि तिंकरसम्म महाकाली कोरिडोर लैजानु पर्छ भन्ने दिमागमा लिएर आउने उम्मेदवार, अनि हामी चाहिँ मेडिकल चाहियो भन्ने, विश्वविद्यालयमा नै हुँदो रहेछ त आखिर, वहाँ विश्वविद्यालय बनाउने परिकल्पना बनाउने उम्मेदवार अब सोचौ, यस अघि वहाँले यही मेडिकल विषयको पढाई हुन्छ, पाँच छ महिनाभित्र हुन्छ त पढाई ।’
डा. भट्टको देनले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय ल्याएर आफूलाई भिजनरी नेताका रुपमा चिनाएको खरेलले उल्लेख गरे ।
‘वहाँले मेडिकल विश्वविद्यालय भन्दा हामीले नै भन्ने गथ्र्यों, यहाँको विश्वविद्यालयमा रात दिन तालाबन्दी हुने, अब यो पनि त्यस्तै होला भनेर भन्थ्यौ, त्यस्तो रहेनछ’ उनले भने,‘ त्यो त डाक्टरहलाई पढाउने रहेछ, डाक्टर उत्पादन हुने रहेछ ।’
खरेलले कञ्चनपुर मात्रै नभएर सुदूरपश्चिमको विकासका लागि डा. भट्ट आवश्यक भएकाले एमालेले कञ्चनपुर ३ मा भट्टलाई निर्विवाद र निर्विकल्प उम्मेदवार बनाएको बताए ।

