ghar sansar

हात्ती आक्रमणमा परी बालिकाको ज्यान गएपछि ढक्का शिविरका विस्थापित पुगे प्रशासन कार्यालय, सिडिओलाई बुझाए ज्ञापन

little buddha academy
khasi

महेन्द्रनगर । हात्तीले वासिन्दामाथि आक्रमण गरेपछि ढक्का शिविरका शुक्लाफाँटा आरक्ष विस्थापित प्रशासन कार्यालय पुगेर रोकथामका लागि दबाव दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालालाई उनीहरुले आइतबार प्रशासन कार्यालयमा पुगेर माग पत्र बुझाएका छन् । बस्तीमा हात्ती आतंक बढेकाले मानवीय क्षति हुनबाट रोक्न प्रमुख जिल्ला अधिकारी कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

,orning glory badhai

हात्तीले आइतबार बिहान आक्रमण गर्दा ढक्का शिविरकी ६ वर्षिया रोजिना साउँदको मृत्यु भएको छ । हात्ती आक्रमणमा परी उनी सहित उनकी हजुर आमा पार्वती साउँद घाइते भएकी थिइन् । रोजिनाको उपचारको क्रममा मृत्यु भएको छ ।

dirghayi clinic

स्थानीयका अनुसार हात्ती आक्रमणबाट गम्भीर घाइते साउँदलाई धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ५५ वर्षिया उनकी हजुर आमाको उपचार भई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेम बहादुर शाहीले घाईते दुवैको सिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि ६ बर्षिया बालिका रोजिनालाई धनगढी रिफर गरिएको थियो । अस्पताल नपुग्दै बाटैमा रोजिनाले मृत्यु भएको हो ।

हात्तीबाट आक्र्रमण गरिएका घाईतेद्वयको नेपाली सेनाले नै घाईतेको उद्दार गरेको थियो । हात्ती आक्रमणपछि शिविरका वासिन्दाले प्रशासन पुगेर माग पत्र बुझाएका छन् ।

तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ मा विस्थापित परिवार दुई दशकदेखि टहरा बनाएर ढक्कामा बस्दै आएका छन् ।

पुनस्र्थापनको माग राखेर शिविरमा वासिन्दा केही महिनादेखि महेन्द्रनगरस्थित वन कार्यालय नजिक टहरा बनाएर बसि रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...