ghar sansar

फेरि सुुदूरपश्चिम आएपछि मात्रै खुल्यो बालेनको बोली, भने–बेली छकालै एउटा सुइना देख्या थेँ, सुदूरपश्चिम र देश बनेको, त्यो सपना रास्वपाले पूरा गर्छ

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले आफूले सुदूरपश्चिम र देश समृद्ध बनेको सपना देखेको बताउँदै उक्त सपना रास्वपाले नै साकार पार्ने दाबी गरेका छन् ।

कैलालीको धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष’ सभालाई सम्बोधन गर्दै उनले डोटेली भाषामै भने, ’बेली छकालै एउटा सुइना देख्या थेँ, सुदूरपश्चिम र देश बनेको। त्यो सपना पूरा गर्ने पार्टी रास्वपा हो । ’

,orning glory badhai
dirghayi clinic

शाहले आर्थिक रूपमा विपन्न नागरिकले सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिए । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमै सम्पन्न हुनुपर्ने आफ्नो एजेन्डा रहेको उल्लेख गर्दै उनले विकासमा ढिलासुस्ती अस्वीकार्य हुने बताए । ’रुखमा बाँधेर वा खोरमा जाकेर भए पनि बाटो बन्नुपर्छ,’ उनले भने ।

देशलाई ‘स्वीजरल्याण्ड’ बनाउनुपर्ने आवश्यक नरहेको धारणा राख्दै उनले सुदूरपश्चिममै रहेका प्राकृतिक र धार्मिक पर्यटकीय स्थलहरूको विकासमा ध्यान दिनुपर्ने बताए । बडीमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यको प्रवद्र्धन नै समृद्धिको आधार हुने उनको भनाइ थियो ।

’तपाईंहरूले भोट नदिए पनि हुन्छ,’ उनले भने, ’कामको सूची दिनुहोस्, रास्वपाले काम गरेर देखाउँछ ।’ उनले सुदूरपश्चिमको समग्र विकासलाई आफ्नो प्राथमिकता रहेको दोहो¥याए ।

यस अघि सुदूरपश्चिम आएका बालेन केही नबोलेको भन्दै आलोचना भएको थियो । यस पटक भने उनले आफ्नो धारणा राखेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...