ghar sansar

इन्टरनेशनलको २९ औं वार्षिकोत्सव, सेल्फी पोइन्टको नाराले खिच्यो सहभागीको नजर

khasi

महेन्द्रनगर । म नेपाल हाँसको हेर्न चाहन्छु  । समृद्ध नेपाल,  सुखी नेपाली
इन्टरनेशनल पब्लिक स्कुलको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा बुधबार सहभागी हुने सबैको नजर एक पटक माथिको नारा लेखिएको यहीं सेल्फी पोइन्टमा टवाक्कै अडियो ।

माथि म नेपाल हाँसको हेर्न चाहन्छु , मुन्तिर समृद्ध नेपाल,  सुखी नेपाली नारा लेखिएको सेल्फी पोइन्टमा अधिकाँशले तस्बिर खिँचे । केही समय त तस्बिर खिच्नेको भीडभाड नै देखियो ।

यस अघिका वार्षिकोत्सवमा यो नारा लेखिएको हुँदैन थियो । यस पटक विद्यालयले वार्षिकोत्सव मञ्च ठिक अगाडि नारा सहित सेल्फी पोइन्ट राखेको हो ।

विद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टले राष्ट्र, राष्ट्रियता र सार्वभौम सत्ता सबै नेपालीका लागि गौरब र अमूल्य भएकाले सेल्फी पोइन्टमा ती दुई नारा लेखिएको बताए ।

‘प्रजातन्त्र दिवसको अवसरमा वार्षिकोत्सव गरिएको छ, राष्ट्र, राष्ट्रियता, सार्वभौम सत्ता हामी सबैका लागि गौरब हुन्,त्यही भएर यो नारा सहितको पोइन्ट राखेका छौ’ उनले भने ।

प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा वार्षिकोत्सव मनाइएकाले सबै साँस्कृतिक प्रस्तुति राष्ट्र र राष्ट्रियताप्रति समर्पित भएको प्रिन्सिपल भट्टले बताए ।

‘गत विगत भन्दा यस पटक साँस्कृतिक प्रस्तुति फरक पारेका छौ, नाच गान लगायतका सबै प्र्रस्तुति राष्ट्र र राष्ट्रियताप्रति समर्पित छन्’ उनले भने ।

वार्षिकोत्सव कार्यक्रमको मञ्चमा पनि विद्यालयले हालसम्म पाएका क्षेत्रीय विद्या शिल्डका फ्याक्स लगाएर देखाइएको छ ।

इन्टरनेशलनले सात पटक क्षेत्रीय विद्यालय शिल्ड जितेको छ । २०६५ मा पहिलो पटक शिल्ड पाएको विद्यालयले त्यसपछि २०६९, २०७०, २०७१, २०७२ र २०७४ मा पाएको थियो ।

क्षेत्रीय शिल्ड वापत विद्यालयलाई एक लाख नगद सहित सुन जडित ट्रफि र राष्ट्रिय ध्वजा दिने गरिन्छ ।

२०६३ मा इन्टरनेशनलका सुभास लामिछाने एसएलसीमा नेपाल तेस्रो भएका थिए । उनी हाल चिकित्सक छन् ।

विद्यालयका प्रिन्सिपल भट्टले सुदूरपश्चिममा सात पटक क्षेत्रीय विद्यालय शिल्ड पाउन गौरबको विषय भएको बताए ।

dirghayi clinic

‘आज यो वार्षिकोत्सव मनाउँदै गर्दा हामी अत्यन्तै खुसी छौ, हामी हाम्रो विगतलाई भविष्यमा अझै सानदार बनाउन चाहन्छौ’ उनले भने,‘यसमा हामी हाम्रा सबै अभिभावक, शुभ चिन्तक, अभिभावक, शुभेच्छुक सबैलाई धन्यवाद दिन चाहन्छौ ।’

विद्यालयले विद्यार्थीलाई सफल बनाउने लक्ष्य राखेर शिक्षा प्रदान गरि रहेको प्रिन्सिपल भट्टले बताए ।

‘हाम्रो विद्यालयमा प्रविधिमैत्री शिक्षा छ, स्मार्ट बोर्डबाट पठनपाठ गर्छौ, चक डस्टरको प्रयोग हुँदैन, विद्यार्थी केन्द्रित शिक्षण विधिमा जोड दिन्छौ’ उनले भने,‘बाल बालबालिकाको सर्वाङ्गिण विकास होस भन्ने चाहन्छौ, युग सुहाउँदो शिक्षामा जोड दिएका छौ र हामी बालबालिकालाई सफल बनाउन चाहन्छौ ।’

विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु अहिले सरकारी तथा गैर सरकारी सबै क्षेत्र देख्न सकिने भट्टले बताए ।

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष यज्ञराज भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेतले कार्यक्रमको अध्यक्षता गरे ।

व्यवस्थापन समिति अध्यक्ष वस्नेतले युग र प्रविधि दुबैको सही प्रयोग गरी शिक्षालाई समय साक्षेप बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसका क्याम्पस प्रमुख डा. तिलमाया खरेल ढकाललाई सम्मान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको पहिलो महिला क्याम्पस प्रमुख भएकोमा ढकाललाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भट्ट र व्यवसथापन समिति अध्यक्ष वस्नेतले टिका लगाएर दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा विद्यार्थीहरले विभिन्न साँस्कृतिक प्रस्तुति देखाए । विद्यालयका प्रिन्सिपल भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने इन्टरनेशनलमा एक हजार ६ सय ५० विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा ८० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

कार्यक्रममा सर्वोत्कृष्ठ विद्यार्थी पदक प्रदान गरिएको छ । विद्यालयले बर्सेनी उत्कृष्ठ विद्यार्थीलाई पदक प्रदान गर्दै आएको छ ।

विद्यालयका शिक्षकद्वय हेमन्त बहादुर सिह र नविन भट्ट सहित विद्यार्थीले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...