

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो सदस्य ज्ञान बहादुर सुनारको मृत्यु पश्चात उनकी श्रीमति हरिकला देबी सुनारलाई दोधारा चाँदनी नगरपालिका प्रमुख किशोर लिम्बु सुब्बाले एक कार्यक्रमबीच २० लाख ५० हजारको चेक हस्तान्तरण छन् ।
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष डम्बर दत्तभट्टको अध्यक्षता वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बहक, सदस्य, सन्दिपउपाध्याय , राष्ट्रिय सहकारी बैंकका शाखा प्रबन्धक प्रकाश सिंह कार्की, आईएमई प्रबन्ध कृष्ण मुरारी चटौल, सहकारीका संचालक गणेश प्रसाद भट्ट, नन्दराम भाट, प्रमुखकार्यकारी अधिकृत प्रेम सिंह भाट, प्रबन्धक बविता चन्द सहभागी भएका छन् ।


संस्थाकी प्रबन्धक बविता चन्दले सञ्चालन गरेको कार्यक्रममाप्रमुखअतिथिलिम्बुले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले विमाकम्पनीको साझेदारीमा भरेको ऋणको म्यादीविमाको आवश्यकता र औचित्य वृद्धि हुदै गएकोले यस घटनाले सदस्यहरुको वृहत्तर हितकालागिनिङ्गलाशैनी सहकारीले दोधारा चादनीमा गरेको उल्लेख्यपूर्ण कार्यको सराहना गरेका थिए ।
नगर प्रमुख सुब्बाले निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले यस नगरपालिकामागर्ने वित्तिय साक्षरता र सहकारी शिक्षामा दोधारा चादनीनगरपालिका बाट हुन सक्ने सहयोग गर्ने कुरामा जोड दिए ।
स्वर्गिय ज्ञान बहादुर तामाङ्गनिङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाबाट २० लाख ऋण लग्नु भएको र पाँचौ महिनामा उनको मृत्य भएको अवस्थामा आईएम ई बीमा कम्पनीले निजका परिवार हरिकला देबीलाई बीमा गरेको ऋणको रकम निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी मार्फत २० लाख तथा किरिया खर्च ५० हजार हस्तान्त्रण गर्दा विमाकम्पनी, सहकारी संस्था र सदस्य सबैको जोखिमन्यूनीकरण भएको संस्थाका अध्यक्ष डम्बर दत्त भट्टले जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा सहकारीका सदस्य ज्ञान बहादुर सुनारको घरमानै पुगीहार्दिक श्रद्धाञ्जली सहित मृत आत्मको चिर शान्तीकालागि १ मिनट मौन धारण कार्यक्रमको समेत आयोजनागरिएको जानकारी निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय बाट प्राप्त भएको छ ।

