ghar sansar

एमालेलाई कसरी भयो कञ्चनपुर ३ पक्का

khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख जनकराज अवस्थीले दुई दिन अघि चुनाव प्रचारप्रसारपछि दोधारा चाँदनीबाट सामाजिक सञ्जालमा लेखे –हाम्रो निर्वाचन क्षेत्र नं. ३ पक्का भयो ।

प्रचार विभाग प्रमुख अवस्थीको यो पोष्ट लाइक, शेयर र कमेन्ट गर्ने तीव्र छ । त्यसमा अधिकाँशले शुभ कामना सहित बधाई दिएका छन् । अहिले यो पोष्टपछि कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टको चोक चौराह र चिया पसलमा चर्चामा फेरि बाक्लिएको छ ।

‘हाम्रा उम्मेदवार, हाम्रो विचार, सिद्धान्त र पार्टीका नेता कार्यकर्ता सबैले चुनावी प्रचारमा देखाएको उत्साहले हामी चुनाव जित्नेमा ढुक्क छौ’ प्रचार विभाग प्रमुख अवस्थीले भने ।

एमाले उम्मेदवार डा. भट्ट पार्टीभित्र इमान्दार, बौद्धिक र स्वच्छ छविका नेताका रुपमा परिचित छन् । डा. भट्टको बौद्धिक व्यक्तित्वले मतदाता उनीसित आकर्षित देखेपछि एमाले नेता कार्यकर्ता उत्साहित छन् ।

प्रचार विभाग प्रमुख अवस्थी भन्छन्, ‘सबै ठाउँमा वहाँप्रति राम्रो आकर्षण छ, त्यस कारण जनताले साथ सहयोग दिन्छन् भन्नेमा हामी विश्वस्त छ ।’

डा. भट्ट बोली र व्यवहार समान राख्ने नेता मानिन्छन् । २०७४ मा पहिलो पटक कञ्चनपुर ३ बाट उनी पहिलो पटक साँसद निर्वाचित भएका हुन् । साँसद निर्वाचित भएपछि भट्टको राजनीतिक पहिचान बलियो बनाएको हो ।

पहिलो पटक उनले पूर्व गृह मन्त्री रमेश लेखकलाई पराजित गरेको थियो । २०७४ मा लेखक सहज जित निकाल्ने काँग्रेसको आँकलन थियो । त्यस आँकलन अनुसार लेखक निर्वाचित नभएपछि काँग्रेसभित्र सन्नाटा थियो ।

डा. भट्टले लेखकलाई पराजित गरी २१ वर्षपछि कञ्चनपुर ३ मा जित दिलाएका थिए । २०५१ पछि एमालेले २०७४ मा चुनाव जितेको थियो ।

२०५६ पछि कञ्चनपुर ३ बाट सबैभन्दा बढी पूर्व गृहमन्त्री लेखक सबैभन्दा बढी साँसद भएका थिए । लेखक २०५६ र २०७० मा निर्वाचित भएका थिए । २०६४ मा उनी संविधान सभाको समानुपातिक सभासद् भएका थिए ।

साँसद भएपछि पटक पटक मन्त्री भएकाले लेखक सत्ता र पार्टी दुबैमा बलियो भएपछि काँग्रेस २०७४ मा चुनाव जित्नेमा ढुक्क थियो ।

डा. भट्टले २०७४ मा निर्वाचित भएर एमालेलाई जितमा फर्काएपछि कञ्चनपुर ३ मा उनी बलियो नेताको रुपमा चिनिएका हुन् । उनी एमालेमा विद्यार्थी राजनीतिबाट आएका हुन् ।

अहिले लेखक प्रतिस्पर्धा बाहिर छन् । काँग्रेस विशेष महाधिवेशनपछि लेखकले टिकट नपाएपछि काँग्रेसका हरि बोहरा प्रतिस्पर्धी छन् । लेखक बोहराको चुनावी प्रचारमा छन् ।

बोहरा बाहेक नेकपाका मान बहादुर सुनार, राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्र सिह महता, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर चन्द, उज्यालो नेपाल पार्टीका भीम बहादुर कुमाल लगायत १७ उम्मेदवार डा. भट्टका प्रतिस्पर्धी छन् ।

डा. भट्ट बाहेक अधिकाँश उम्मेदवार पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका छन् । अहिले प्रतिस्पर्धी भएका डा. भट्ट र नेकपाका सुनार यस अघि २०७४ मा तत्कालिन बाम गठबन्धनबाट एक साथ चुनाव लडेका हुन् ।

भट्ट प्रतिनिधि सभा र सुनार प्रदेश सभा सदस्य चुनाव लडेर दुबै निर्वाचित भएका थिए । अहिले उनीहरु चुनावका प्रतिस्पर्धी भएका छन् ।

दोधारा चाँदनीका सुनार पनि पहिलो पटक संघीय साँसद हुने खोजेका छन् । उनी २०५१ मा स्वतन्त्र चुनाव लडेका थिए । अहिले उनी संघीय साँसदका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

dirghayi clinic

डा. भट्टले २०७४ का चुनावी वाचा अनुसार कञ्चनपुर ३ मा विकास योजना अघि बढाएका छन् । उनी अहिले अघिल्लो कार्यकालमा थालनी गरी अधुरा रहेका योजना र नयाँ योजना अघि बढाउने लक्ष्य लिएर चुनावी मैदानमा छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रय स्तरमा छवि भएका भट्ट शिक्षा, नीतिगत स्पष्टता तथा शालीन छविका कारण बलियो नेता भएको प्रचार विभाग प्रमुख अवस्थीले बताए ।

भीमदत्त नगरपालिका ६ का भट्ट बैतडी पुख्र्यौलीका वासिन्दा हुन् । २०२९ साउन २७ गते बैतडी दशरथचन्द नगरपालिका–१, शाहीलेकमा जन्मिएका उनी महादेव र नन्दादेवी भट्टका छोरा हुन् ।

दार्चुलाको मार्मा गाउँपालिकास्थित लटिनाथ माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनी २०४१ मा महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयबाट आधारभूत तह पूरा गरी २०४४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।

उच्च शिक्षाका लागि भारत गएका भट्टले पिथौरागढस्थित सरकारी इन्टर कलेजबाट इन्टरमिडिएट अध्ययन पूरा गरे। त्यसपछि पिथौरागढकै डिग्री कलेजबाट बीएस्सी अध्ययन गरी २०५१ सालमा एमएस्सी सम्पन्न गरे ।

२०५६ सालमा भारतको देहरादूनबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले भारतकै प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू), नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) प्राप्त गरेका छन् ।

पञ्चायती शासन विरुद्धको आन्दोलन र प्रजातन्त्र प्राप्तिको संघर्षबाट प्रभावित भएर आन्दोलनमा सक्रिय भएका उनी त्यसपछि सक्रिय राजनीतिमा छन् ।

२०४५ सालमा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) को पिथौरागढ नगर कमिटीमा आबद्ध भएका उनी २०४८ मा क्षेत्रीय समिति, २०५१ मा केन्द्रीय समिति हुँदै २०५७ सालमा केन्द्रीय अध्यक्ष निर्वाचित भए। उनले अभानेस्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी दुई कार्यकाल सम्हाले ।

सोही अवधिमा पिथौरागढस्थित पार्टी नगर कमिटीमा सक्रिय रहेर संगठन निर्माणमा योगदान दिएका भट्ट २०५७ सालमा भारत प्रवास समन्वय कमिटी सदस्य बने ।

२०६५ मा एमालेको महाकाली सम्पर्क कमिटी इन्चार्ज, केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य तथा २०६७ सालमा पार्टीको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यको जिम्मेवारी सम्हाले ।

२०७२ सालमा पार्टीको केन्द्रीय विभाग सदस्य बनेका उनले २०७९ सालमा सोही कमिटीको सचिवको जिम्मेवारी पाए। २०८१ मा उनी एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा क्रियाशील रहे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित भएर भट्टले संसदीय यात्रा सुरु गरेका थिए ।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्यका रूपमा उनले काम गरे । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धी उपसमितिको संयोजक तथा वाइडबडी र न्यारोबडी विमान खरिद प्रकरण छानबिन संसदीय उपसमितिको संयोजकको जिम्मेवारी पनि उनले सम्हाले ।

भट्टले ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्स (काठमाडौं–सिड्नी) का अध्यक्ष तथा नेपाल सेन्टर फर सेक्युरिटी गभर्नेन्सका निर्देशकका रूपमा समेत काम गरेका छन् । सन् २०१७ मा गठित उच्चस्तरीय परराष्ट्र नीति समीक्षा कार्यदलका सदस्य तथा २०१६ मा संघीय संरचनामा नेपाली सेना र नेपाल प्रहरी पुनर्संरचना सम्बन्धी उच्चस्तरीय कार्यदलका विशेषज्ञ सदस्यका रूपमा नीतिगत योगदान दिएका छन् ।

शैक्षिक क्षेत्रमा उनी सशस्त्र प्रहरी बल कमाण्ड एन्ड स्टाफ कलेज, नेपाली सेना उच्च कमाण्ड तथा व्यवस्थापन तालिम र नेपाली सेना कमाण्ड एन्ड स्टाफ कलेजमा भिजिटर प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति र द्वन्द्व, शान्ति तथा विकास अध्ययन केन्द्रमा प्राध्यापक तथा विषय समिति सदस्यका रूपमा पनि उनी संलग्न छन्। शान्ति प्रक्रियामा उनले माओवादी सेना समायोजन तथा पुनस्र्थापना सम्बन्धी विशेष समिति (२०१०–२०१२) को सचिवालय सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

डा. भट्ट अघिल्ला कार्यकालमा सुरु गरेका योजना सम्पन्न गर्नुदेखि सुदूरपश्चिमकै समृद्धीसँग जोडिएका योजना अघि सारेका छन् । दोधरा चाँदनी सुख्खा बन्दरगाह र महाकाली करिडोरको काम समयमै सम्पन्न गरि कञ्चनपुरलाई त्रिदेशिय नाकाको रुपमा विकास गर्ने बताए ।

भट्टले चुनावका लागि २२ बुँदे प्रतिवद्धता मतदातामा पुगाएका छन् ।

सुशासन र कानुनी सुधारः
जनजीविका सुधारलाई केन्द्रमा राख्दै कानुन संशोधन, दण्डहीनताको अन्त्य र जनमुखी कानुन निर्माणमा जोड दिने; संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्ने ।
शिक्षा क्षेत्रः
सुदूरपश्चिम विश्वविद्यालयमा आधुनिक र गुणस्तरिय बनाई रोजगारमुखी कार्यक्रम विस्तार, हर्बल साइन्स, स्पोट्र्स साइन्स एन्ड म्यानेजमेन्ट, एआई, जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापनजस्ता विषय थप्ने गर्ने । महाकाली बहुप्राविधिक शिक्षालयमा बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गरिने ।
स्वास्थ्य पूर्वाधारः
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई आधुनिक अनुसन्धान केन्द्र बनाउने, महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने, दोधाराचाँदनी नगर अस्पतालमा २५ शैयामा स्तरोन्नति र सर्पदंश उपचार केन्द्र स्थापना।
कृषि, रोजगार र उद्यमः
किसान परिचयपत्रमार्फत कृषि, पशुपालन र वनमा आधारित स्वदेशी उत्पादन संरक्षण; अनियन्त्रित आयात नियन्त्रण; युवा स्वरोजगार र उद्यमशीलता कोष स्थापना; ‘विदेश होइन, स्वदेशमै अवसर’ अभियान।
पर्यटन प्रवद्र्धनः
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन विकास, धार्मिक र सांस्कृतिक स्थल प्रवद्र्धन, महाकाली नदीमा र्याफ्टिङ, होमस्टे विस्तार, र राना–थारु संस्कृतिको संरक्षण।
पूर्वाधार विकासः
मझगाउँ विमानस्थल, महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकाली तेस्रो चरण सिँचाइ आयोजना, चारलेन सडक, गड्डाचौकी–दैजी सडक खण्ड, दोधाराचाँदनी र भीमदत्तमा चक्रपथ निर्माण।
भूमि तथा सामाजिक सुरक्षाः
भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने; आवासविहीन र सीमान्तकृत समुदायको लागि सुरक्षित आवास कार्यक्रम।
युवा तथा खेलकुदः
खेलमैदान स्तरोन्नति, क्लब परिचालन, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा; डुबान समस्या समाधान, ढल निकास, तटबन्ध र हरियाली गाउँ–नगर कार्यक्रम।

Himal dental
सम्बन्धित
Loading...