ghar sansar

कञ्चनपुर १ मा एमालेसित तर्सिए प्रतिस्पर्धी, चुनाव सम्पर्क कार्यालयको झण्डा च्यातेर फालियो, कार्यालयमा ढुङ्गामुढा प्रहार

little buddha academy
khasi

केशव थापा
महेन्द्रनगर । बेलडाँडीमा नेकपा एमालेको झण्डा च्यातेर फालिएको छ । बेलडाँडी गाँउपालिका ४ चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको झण्डा च्यातेर फालिएको हो ।

गयराती ५÷६युवाहरुको समुहले पाटीको झण्डा च्यादै फालेको एमाले बेलडाँडीले जनाएको छ । एमाले बेलडाँडीका प्रेमराज खातीले हस्ताक्षर गरेको विज्ञप्तिमा रास्वपा कार्यकर्ताले पाटी सम्र्पक कार्यालयमा ढुङगामुढा प्रहार गरेर पाटी अध्यक्ष केपी शर्मा ओली बिरुद्धमा नाराबाजी गरेको जनाएका छन ।

,orning glory badhai
dirghayi clinic

घटनाको घोर आपत्ति जनाउँदै एमालेले दोषि उपर कार्बाहीको माग अघि सारेको छ । यता रास्वपाले एमाले हार्ने बेला अनेकन प्रपोगाण्डा मच्चाउँदै जित्नेपाटीमाथि आरोप लगाउन पक्केको बताएको छ ।

केही दिन अघि दाङमा एमालेको झण्डा जलाउने एमालेकै कार्यकर्ता भएको जस्तै बेलडाँडीमा पनि आफै, आफ्नैले गरेको यस्ता निजकाम अरुमाथि आरोप लगाएर सहानुभुती बटुल्ने रास्वपाप्रति षड्यन्त्र रचेको दावि गरेको छ ।

रास्वपा बेलडाँडीका सभापति तेजसिह धामीको हस्ताक्षर गरिएको विज्ञप्तीमा एमालेको झण्डा च्याने काम पाटीका कुनैपनि नेता कार्यकर्ताहरुले नगरेको दावि गर्दै बदनाम गराउन एमाले आफै दुष्प्रचारमा लागेको दावि गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...