

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षमा चुनाव लडेका जितेन्द्र चन्द एमाले प्रवेश गरेका छन् । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल सहित नेताहरुले चन्दलाई स्वागत गरेका छन् ।

चन्द २०७९ को निर्वाचन र २०८१ को उप निर्वाचनमा तत्कालिन नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षमा चुनाव लडेका थिए ।

समाजवादी र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि चन्द एमाले प्रवेश गरेका छन् ।
कञ्चनपुर ३ मा एमालेबाट डा. दिपक प्रकाश भट्ट उम्मेदवार भएका छनु । यसैगरी कञ्चनपुर इन्चार्ज पाल समानुपातिक उम्मेदवार छन् ।

