ghar sansar

माओवादी, एमाले हुँदै रास्वपा पुगिन शुक्लाफाँटाकी भण्डारी

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा पराजित मोनिका भट्ट भण्डारी एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पुगेकी छन् । शुक्लाफाँटा नगरपालिका १० की भण्डारी बुधबार झलारीमा रास्वपाको कार्यक्रममा पार्टी प्रवेश गरेकी छन् ।

माओवादी, नेकपा, एमाले हुँदै उनी पछिल्लो पटक रास्वपा पुगेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी एमालेबाट उप मेयर लडेर पराजित भएकी हुन् ।

,orning glory badhai
dirghayi clinic

भण्डारी २०७४ मा शुक्लाफाँटाको उप मेयरमा दाबेदार थिइन् । २०७४ पछि भण्डारीको केही समय एमाले छाड्ने र फर्किने क्रम चलेको थियो । अहिले उनी फेरि प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखैमा पार्टी छाडेर रास्वपा पुगेकी छन् ।

बुधबार भण्डारी सहित कृष्णपुर नगर कमिटी सदस्य टंकप्रसाद रोस्यारा, काँग्रेस कृष्णपुरका नेता रमेश ओझा, कञ्चन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव धनबहादुर कुँवर, नेपाल विद्यार्थी सङ्घका पूर्व सदस्य राजकुमार जोशी, तथा कृष्णपुरका स्थानीय अभियन्ता मनोज ठगुन्ना र सूर्यराज भट्ट रास्वपा प्रवेश गरेका छन् ।

उनीहरुलाई रास्वपा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार दीपक बोहरा, समानुपातिक सांसद रिमा विश्वकर्मा सहितका नेताले स्वागत गरेका छन् ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले झालरी सभामा विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...