

महेन्द्रनगर । कञ्चनपुर १ मा मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम राना चुनावी मैदान छाडेर नेपाल कम्युनिष्ट पाटी(नेकपा) मा प्रवेश गरेका छन् ।

लालझाडी गाँउपालिका ३ का २७ वर्षिय रानालाई बुधबार नेकपा उम्मेदवार विना मगर सहित नेताले पार्टीमा स्वागत गरेका छन् ।

उनी जेनजी उम्मेदवारका रुपमा चिनिएका थिए । रानाले आफूसित अन्य नेता कार्यकर्तालाई पनि नेकपा लगेका छन् ।
यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका ५१ नेता कार्यकर्ता प्रवेश गरेका छन् ।
बुधबार बिहानसम्म आफ्ना प्रचारमा हिँडेका उनीहरु त्यसपछि मगरको चुनावी प्रचारमा हिँडेका छन् ।

