ghar sansar

यस पाली पनि व्यापक रुपमा फैलिदैछ दल अदलबदल संक्रमण

little buddha academy
khasi

महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्तापछि पार्टी छाड्ने र भित्रिने क्रम बढेको छ । बुधबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार नै चुनावी मैदान छाडेर अर्को दल प्रवेश गरेपछि चु्नावी माहौलमा नयाँ उत्साह थपिएको छ ।

बुधबार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का कञ्चनपुर १ का प्रत्यक्ष उम्मेदवार देपेन्द्र बहादुर शाही नेपाली कम्युनिष्ट पार्टी(नेकपा) प्रवेश गरेका छन् ।

,orning glory badhai

उम्मेदवारी दर्तापछि आँखा चुनाव चिन्ह बोकेर मतदाताको घरदैलोमा पुगेका उनी बुधबार नेकपा प्रवेश गरी ताराका लागि मत माग्न थालेका छन् । उनी आफू सहित ५४ नेता–कार्यकर्ता लिएर नेकपा पुगेका छन् ।

केही दिन अघि चुनावी वाचा सार्वजनिक कार्यक्रममा उनी रास्वपा सभापति रवि लामिछाने विरुद्ध खनिएका थिए ।

प्रलोपा कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमर सिंह विष्ट पनि नेकपा प्रवेश गरेका छन् ।

बेलौरीमा पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका शाहीले निर्वाचन नजिकिँदै जाँदा वाम शक्तिहरूबीच एकता आवश्यक ठानेर नेकपामा समायोजन भएको बताए ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ की नेकपा उम्मेदवार बीना मगर ले नवप्रवेशी नेता–कार्यकर्तालाई स्वागत गर्दै राजनीतिक एकताले क्षेत्रको विकास र समृद्धिमा सकारात्मक सन्देश जाने बताए ।

कार्यक्रममा नेकपाका नेताहरू देबीलाल चौधरी, भक्त बहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जीवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेकबहादुर विक र बिरमान थापा लगायत सहभागी भएका छन् ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाको उप मेयरमा पराजित मोनिका भट्ट भण्डारी एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) पुगेकी छन् । शुक्लाफाँटा नगरपालिका १० की भण्डारी बुधबार झलारीमा रास्वपाको कार्यक्रममा पार्टी प्रवेश गरेकी छन् ।

माओवादी, नेकपा, एमाले हुँदै उनी पछिल्लो पटक रास्वपा पुगेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा उनी एमालेबाट उप मेयर लडेर पराजित भएकी हुन् ।

dirghayi clinic

भण्डारी २०७४ मा शुक्लाफाँटाको उप मेयरमा दाबेदार थिइन् । २०७४ पछि भण्डारीको केही समय एमाले छाड्ने र फर्किने क्रम चलेको थियो । अहिले उनी फेरि प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखैमा पार्टी छाडेर रास्वपा पुगेकी छन् ।

बुधबार भण्डारी सहित कृष्णपुर नगर कमिटी सदस्य टंकप्रसाद रोस्यारा, काँग्रेस कृष्णपुरका नेता रमेश ओझा, कञ्चन बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव धनबहादुर कुँवर, नेपाल विद्यार्थी सङ्घका पूर्व सदस्य राजकुमार जोशी, तथा कृष्णपुरका स्थानीय अभियन्ता मनोज ठगुन्ना र सूर्यराज भट्ट रास्वपा प्रवेश गरेका छन् ।

उनीहरुलाई रास्वपा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार दीपक बोहरा, समानुपातिक सांसद रिमा विश्वकर्मा सहितका नेताले स्वागत गरेका छन् ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले झालरी सभामा विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टी प्रवेश गरेको बताए ।
कञ्चनपुर १ मा मितेरी पार्टी नेपालका उम्मेदवार सियाराम राना चुनावी मैदान छाडेर नेपाल कम्युनिष्ट पाटी(नेकपा) मा प्रवेश गरेका छन् ।

लालझाडी गाँउपालिका ३ का २७ वर्षिय रानालाई बुधबार नेकपा उम्मेदवार विना मगर सहित नेताले पार्टीमा स्वागत
गरेका छन् । उनी जेनजी उम्मेदवारका रुपमा चिनिएका थिए ।

रानाले आफूसित अन्य नेता कार्यकर्तालाई पनि नेकपा लगेका छन् । यसैगरी प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार देबेन्द्र बहादुर शाही सहितका ५१ नेता कार्यकर्ता प्रवेश गरेका छन् ।

बुधबार बिहानसम्म आफ्ना प्रचारमा हिँडेका उनीहरु त्यसपछि मगरको चुनावी प्रचारमा हिँडेका छन् ।

यसैबीच महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षमा चुनाव लडेका जितेन्द्र चन्द एमाले प्रवेश गरेका छन् । एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल सहित नेताहरुले चन्दलाई स्वागत गरेका छन् ।

चन्द २०७९ को निर्वाचन र २०८१ को उप निर्वाचनमा तत्कालिन नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षमा चुनाव लडेका थिए ।

समाजवादी र नेकपा माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि चन्द एमाले प्रवेश
गरेका छन् ।

कञ्चनपुर ३ मा एमालेबाट डा. दिपक प्रकाश भट्ट उम्मेदवार भएका छनु । यसैगरी कञ्चनपुर इन्चार्ज पाल समानुपातिक उम्मेदवार छन् ।

Himal dental
सम्बन्धित
Loading...