ghar sansar

गौरीघाट वन फँडानीमा सामुदायिक वनका पदाधिकारीलाई मात्रै मुछेर तयार पारियो मुद्दाको मिसिल, फँडानी गर्न लगाउनेलाई जोगाउन डिभिजन वनमा चलखेल गरिएको आशंका

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन मा भएको व्यापक वन फँडानी प्रकरणमा समितिकै पदाधिकारी र सदस्यको संलग्नता देखिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुर ले गरेको अनुसन्धानबाट अध्यक्षसहित कार्यसमितिका १० जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको जनाएको छ। अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुर मा बुझाइएको छ ।

सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहका अनुसार सबै पदाधिकारी र सदस्यसँग सोधपुछ, स्थलगत अवलोकन तथा बयान लिएर मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो । स्थानीय जनप्रतिनिधिसँग समेत छलफल गरिएको उनले बताए ।

,orning glory badhai
dirghayi clinic

मंसिर दोस्रो साता बस्तीको बीचमा रहेको करिब १० हेक्टर क्षेत्रफलको सामुदायिक वन डेढ घण्टामै सखाप पारिएको थियो। सिसौ र खयरका रुखले भरिएको वन क्षेत्र अहिले उजाड बनेको छ। अनुसन्धानअनुसार मंसिर ११ गते दिउँसो १ सय ६४ रुख काटिएका थिए ।

वन कार्यालयका अनुसार १६ देखि ८४ इन्च मोटाइसम्मका १ सय ३५ खयर, २४ देखि ६४ इन्च मोटाइका २८ सिसौ र १ कञ्जु गरी १ सय ६४ रुख कटान गरिएको पाइएको छ । कटानमध्ये ६१ गोलिया खयर ९१०१।५५ क्युफिट० र ४१ गोलिया सिसौ ९८१।०३ क्युफिट० काठ बरामद गरिएको छ ।

वन फँडानीमा संलग्न रहेको आरोपमा १४ लाख ४० हजार ३ सय रुपैयाँ विगो दाबी गरिएको छ । साथै वन ऐनअनुसार विगोको दोब्बर जरिवाना र जनही दुई वर्ष कैद सजायको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...