ghar sansar

काँग्रेस संस्थापन इतरको भीमदत्त नगर नेतृत्वका लागि तीन जनाको उम्मेदवारी, सह सचिवमा तारा ऐरी र मन्जुदेबी धामी निर्विरोध

khasi

महेन्द्रनगर । काँग्रेस संस्थापन इतरको भीमदत्त नगर सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । 

काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत मंगलबार काँग्रेस पार्टी कार्यालयमा सुरु नगर अधिवेशनमा सभापति सहित पदाधिकारी र नगर सदस्यका लागि उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

नगर सभापतिमा दिपेन्द्र विष्ट, राहुल भट्ट र सुरेन्द्र सिंह विष्टले उम्मेदवारी दिएका छन् । उनीहरुमध्ये विष्ट १४ औं महाधिवेशनबाट निर्वाचित नगर समितिका उप सभापति र भट्ट सचिव हुन् ।

अहिले १५ औं मा दुबै जना नगर नेतृत्वका लागि देखिएका छन् । विष्ट भीनपा ३ र भट्ट ६ बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।

नगर सभापतिमा भीनपा ६ का वडा सभापति प्रकाश चन्दले पनि उम्मेदवारी दिने घोषणा गरेका थिए । चन्द अन्तिममा नगर सभापति उम्मेदवारीबाट पछि हटेका छन् । उनी भीनपा ६ का वडा अध्यक्ष पनि हुन् ।

नगर उप सभापतिमा मन्जु कार्की फर्सवान सहित तीन जना उम्मेदवार भएका छन् । उप सभापतिमा दुई जना निर्वाचित हुने भएका छन् । कार्की सहित केशव जोरा र राज बहादुर विष्ट नगर उप सभापतिका उम्मेदवार छन् । कार्की भीनपा १० का वडा सदस्य हुन् ।

सबैभन्दा बढी उम्मेदवार नगर सचिवमा छन् । नगर सचिवमा पाँच उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

काँग्रेस २४ औं महाधिवेशनबाट भीनपा ८ को वडा सभापति भएका मदन मिश्र नगर सचिवका उम्मेदवार भएका छन् ।

dirghayi clinic

मिश्रा २०७९ को निर्वाचनमा भीनपा ८ को वडा अध्यक्ष निर्वाचित भएका थिए ।

भीमदत्तमा सबैभन्दा कम उमेर वडा अध्यक्ष हुने रेकर्ड मिश्रले बनाएका थिए । उनी २८ वर्षमा वडा अध्यक्ष भएका थिए ।

नगर सचिवमा मिन राज भट्ट, चुडामणी अवस्थी, बिनोद दमाई र देबकी जोशी उम्मेदवार भएका छन् । उनीहरुमध्ये जोशी भीनपा ६ का वडा सदस्य हुन् ।

२०७९ को स्थानीय तह निर्वाचनबाट वडा सदस्य निर्वाचित उनी तत्कालिन वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि झण्डै एक वर्ष कार्य वाहक अध्यक्ष भएकी थिइन् ।

भीनपा २ उल्टाखामका अवस्थी दुई दशक अघि सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर काँग्रेस राजनीतिमा छन् ।

नगर सचिवमा दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको हो ।

नगर सह सचिवमा तारा सिंह ऐरी  र मन्जु देबी धामी उम्मेदवार भएका छन् । सह सचिवमा उनीहरु निर्विरोध भएका छन् ।

भीमदत्त नगर निर्वाचन समितिका समन्वयकर्ता उमेश जोशीले बुधबार बिहान ११ बजेसम्म उम्मेदवार मनोनयन निवेदन फिर्ता लिन सकिने र त्यसपछि ११ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिए ।

उद्घाटन समारोहमा नेताहरुले पार्टी अप्ठेरो अवस्थामा भएकाले सहमतिका आधारमा नगर समिति चयन हुने बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...