ghar sansar

देशले चाहेको र खोजेको यो चुनाव होइन, यो आकस्मिक हो –एमाले उम्मेदवार डा. भट्ट

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टले फागुन २१ को चुनाव देशले खोजेको र चाहेको नभएर आकस्मिक भएको बताएका छन् ।

चुनावी प्रचारका क्रममा दोधारा चाँदनी नगरपालिका १ खैराडी टोलमा मतदातासित भेटघाट कार्यक्रममा उनले जेन जी आन्दोलनमा भएको घुसपैठका घट्नाले चुनाव हुने अवस्था आएको उल्लेख गरे ।

,orning glory badhai
dirghayi clinic

‘तपाईहरुसित भेटघाट कार्यक्रममा आएका छौ, यसरी तपाईहरुसित भेटघाट गरि रहँदा राष्ट्रिय राजनीतिका कुरा कुनै बेला गरौला, यो तपाईहरुले पनि बुझ्न भएको छ, यस पालीको चुनाव केबल हामी चाहेका वा देशले चाहेको खोजेको चुनाव होइन’ उनले भने, ‘यो आकस्मिक चुनाव हो, यो चुनाव कसैको चाहनाले होइन, तपाईहरुले भोट हालेर पाँच वर्षका प्रतिनिधि पठाउनु भएको थियो, तर त्यहाँ काम गर्नेहरु पनि त्यही सोचि रहेका थिए ।’

जेन जी आन्दोलन शान्तिपूर्ण रपमा सम्पन्न भइ सकेपछि षडयन्त्र पूर्वक आन्दोनमा घुसपैठ भएर अशान्ति हुँदै देश चुनावमा आउने अवस्था भएको डा. भट्टले बताए ।

‘तर अचानक एएटा खालेको सामाजिक र राजनीतिक एक हिसाबले त्यो दिशा बिथोलिने गरी काम अगाडि बढ्यो र भन्नका लागि त्यसलाएई जेनजी आन्दोलन भनिएको छ। आन्दोलनसम्म एजेण्डासम्म त्यो आन्दोलनका रुपमा अगाडि बढ्यो युवाहरु आफ्ना एजेण्डा राखेर शान्ति पूर्ण रुपमा आन्दोलन गर्न भनेर गएका छन् त्यहाँ, त्यो ठिकै छ, ती नवोध युवालाई थाह पनि छैन आफ्नो गीत कविता वाचन गरे, नृत्य गरे, आफ्ना मागहरु राखे’ उनले भने, ‘अब छुट्टिएर घर जान्छु भने, छुट्टिएर घर जान्छु भनेर उनीहरु हिँडेका तर त्यहाँ अर्कै षडयन्त्र पसेर ठूलो हावा हुरी ल्याएर देशका संरचनाहरु आगो लगाउने कार्यक्रम भए, म अहिले त्यसको पछि लाग्दैन, तपाईहरुले त्यो देख्नु भएको छ। तर त्यहाँ पुग्यो भने त्यो अहिले निर्वाचनमा पुग्यो ।’

Himal dental
सम्बन्धित
Loading...