

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा)का युवा नेता रमेश प्रसाईले कञ्चनपुर क्षेत्र १का जनतासंग रास्वपा उम्मेदवार जनक सिह धामीलाई जिताउन आब्हान गरेका छन । आइतबार बेलौरीमा रास्वपाको चुनावी सभा सम्बोधन गर्दैै नेता प्रसाईले क्षेत्र १का जनतासंग रास्वपा उम्मेदवार जनक सिह धामीलाई जिताउन आब्हान गरेका हुन ।
रास्वपा सहप्रवक्ता प्रसाईले क्षेत्रको दीगो विकास, भ्रष्टाचार सहित क्षेत्र, सुशासनका लागि रास्वपा उम्मेदवार धामीलाई जिताउन आब्हान गरेका छन ।

रास्वपा क्षेत्र १ का उम्मेदवार जनक सिह धामीले क्षेत्रको दीगो विकासका लागि ६÷६महिनामा गरेका कामको समाजिक लेखा परीक्र्षण गर्ने बताउँदै क्षेत्रका जनतासंगै रहेर काम गर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन ।
विद्यार्थीदेखि जनताको हक अधिकारका लागि खटिएका धामी विद्यार्थी जिवनकालपछि स्थायी शिक्षक बने । स्थायी शिक्षकको जागिर तिलान्जली दिर्दै फेरी राजनीतिमा होमिए ।
बहुदल पुर्नस्थापनाका लागि भएको ०४६को जनआन्दोलन र लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापनाका लागि ०६२÷०६३मा भएको दोस्रो जनआन्दोनलमा संघर्ष गरेका धामी अहिले सांसदका लागि चुनावी मैदानमा होमिएका हुन । तत्तकालिन नेवि संघ, काँग्रेसी राजनीतिमा सकृय धामीलाई उतिबेला काँग्रेसले जिम्मेबारी नदिएपछि बैदेशिक रोजगारी दक्षिण कोरिया गएका धामी उता विदेशको सुविधा छाडेर फेरी मातृभूमि टेके ।

मातृभूमि टेकेका धामी यतिकै खाली हात कोरा भाषण हान्न उनलाई फिटिक्कै मन परेन् । उनी कृषि उद्यमतिर जुटे । पुनर्वास नगरपालिकामा व्यवसायिक केरा खेती गरिरहेका किसान उद्यमी धामी अहिले देशको नीति, निर्माण, सुशासनका लागि भन्दै चुनावी मैदानमा दौडिएका छन । बेलडाँडी गाँउपालिका ४ बैवाहका स्थानीय समेत रहेका ५५ बर्षिया धामी पहिलो प्रंयासमै सांसद बन्ने कम्मर कसिएर लागेका छन । धामी तीन पुर्व सासदमा निर्वाचित भएरपनि प्रदेश र संघको मन्त्री भएसकेका हेभीवेटसंग चुनावी मैदानमा होमिएका हुन ।
०६४मा तत्त्कालिन नेकपा माओवादीकबाट पहिलो संविधान सभा जितेका पुरन रानाथारु, ०७४मा प्रतिनिधी सभा सदस्य जितेर खानेपानीमन्त्री भएकी नेकपाकी उम्मेदबार बीना मगर, ०७४मा प्रदेश र ०७९मा प्रतिनिधी सभा सदस्य जितेका एमालेका तारालामा तामाङ, जो सुप प्रदेशका आर्थिक मामिलामन्त्री पनि भए । साथै आफ्नै पुरानो दल काँग्रेसका उम्मेदवार, पुर्व सहकर्मी गोपी प्रशाद उपाध्यायसंग चुनावी मैदानमा होमिएका छन ।
समाजसेवी सरल स्वभावका धामीको काँग्रेसको क्षमता चिनिने, बरु उल्टै हरेक हरेक निर्वाचनमा काँग्रेसले उपेक्षा गर्दै आएका तिनै पात्र अहिले रास्वपाबाट पहिलो प्रयासमै सांसदको यात्रामा मतदाताको घरदैलोमा पुगिरहेका छन ।
रास्वपा उम्मेदवार धामीले पाटीले अघि सारेको राष्ट्रिय बाचा सहित क्षेत्रका स्थानीय समस्यालाई चुनावी एजेण्डाका रुपमा अघि सारेका छन । सुशासन, दीगो विकास, पारदर्शीताको सकल्प लिएर जनतासंग साक्षात्कार गरिरहेका धामीले क्षेत्रको विकासका लागि अहोरात्र खटिने प्रतिज्ञा गरेका छन ।
रास्वपा उम्मेदवार धामीले क्षेत्रमा विद्यमान सीमा समस्या समाधान गर्दैै जनताको सार्वभौम अधिकार सुरक्षित गर्ने प्रण गरेका छन । समग्र क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, कृषि, साँस्कृतिक पर्यटन, खेलकुददेखिका सबै समस्याप्रति आफु जानकार भएकाले स्थानीय जनताकै सुझाव अनुरुप कामकाज गर्ने प्रण गरेका छन ।
क्षेत्र १मा ५० हजार १२३पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४मतदाता रहेका छन । भने, ३२ वडा रहेको क्षेत्र १मा ५२मतदान स्थलमा १२२ मतदान केन्द्र रहेका छन ।

