ghar sansar

जनज्योति गोली काण्डमा ज्यान जोगिएर चुनावी मैदानमा पुगेका सिह

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ भाँसीस्थित जनज्योति बहुमुखी क्याम्पसमा २०६२ बैशाख १६ गते अखिलको बैठक घेराउ गरी तत्कालिन शाही नेपाली सेनाले गोली प्रहार गरेको थियो ।

शाही सेनाको गोली लागेर अखिलका नेताहरु नर बहादुर धामी, बचन बहादुर सिह। महेश पन्त र किरण क्षेत्री घाइते भए ।
स्थानीयले घाइते सेनालाई रोकेर उनीहरुको ज्यान जोगाएका थिए ।

,orning glory badhai

घाइते क्षेत्री बाहेक धामी, सिह र पन्त एमाले राजनीतिमा छन् । उनीहरुमध्ये सिह अहिले कञ्चनपुर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार छन् ।

उनी चुनावी प्रचारमा जनज्योति काण्ड सम्झि रहन्छन् । अधिकाँश चुनावी घरदैलो, सभा, कोण सभा उनी जनज्योति काण्ड सम्झेर भावुक बन्छन् ।

भन्छन्, ‘त्यो दिन मरेको भए शायद म आज तपाईहरुको घरदैलोमा यसरी आउन सक्ने थिएन ।’

वाक पटुता भएका सिह जनज्योति काण्डबारे बोल्दा भावुक बन्ने गरेको प्रचारमा सहभागी नेताहरु बताउँछन् । त्यसपछि मतदाता समेत भावुक देखिएको उनीहरुको भनाई छ ।

बाजुराको खप्तड छेडेहह २ मा २०३७ मा जन्मिएका सिह हाल कृष्णपुर नगरपालिका २ का वासिन्दा हुन् । बुवा मीन बहादुर सिंह र आमा कल्पनादेबि सिंहका चार सन्तानमा उनी कान्छो हुन् ।

सुदूरपश्चिमको विकट पहाडी जिल्लामा जन्मिएका ४५ वर्षिय सिह विद्यार्थीबाट लागेर पार्टी राजनीतिमा आएका हुन् ।

‘बाजुरा आफंै विकट क्षेत्र हो, सम्भावना छन्, राज्यले ती सम्भावनाको उपयोग नगर्दासम्म त्यसको महत्व छैन’ उनले भने,‘त्यहाँबाट मेरो यहाँसम्मको यात्रा हेर्दा आनन्द आउँछ, सुख दुःख सबै देखियो, जीवनदेखि खुसी नै छु ।’

बाजुरामा कक्षा ९ मा पढ्दा अखिलमा आवद्ध भएर राजनीतिमा आएका उनी सिद्धनाथ बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न आएपछि विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् ।

तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस कमिटीको संयोजक हुँदै उनी जिल्ला कमिटी सदस्य, सचिव उपाध्यक्ष हुँदै अखिल कञ्चनपुरको दुई कार्यकाल जिल्ला अध्यक्ष भएका थिए ।

सिह २०५७ मा स्ववियु चुनाव लडेका थिए । त्यस बाहेक उनले अखिल महाकाली अञ्चल कमिटी सचिव र संयोजक भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

dirghayi clinic

युवा संघका केन्द्रीय कमिटीय सदस्य हुँदै उनी केन्द्रीय सचिव २०७७ देखि २०७८ सम्म अध्यक्ष भएका हुन् । विद्यार्थीमा उनी अखिलको सुदूरपश्चिम ब्यूरो सचिव, अखिल केन्द्रीय सदस्य र सचिव भएका थिए ।

युवा बिद्यार्थी विशेष जिल्ला कमिटी कार्य बाहक अध्यक्ष भएका सिह पार्टी सचिवालय सदस्य भएका थिए ।

विद्यार्थी राजनीति भएर पार्टी राजनीतिमा आउँदासम्म सिहले २०५९ देखि २०६३ सम्म दुई पटक जेल पुगेका छन् । उनी प्रहरी हिरासतमा थुप्रै पटक बसेका छन् ।

समाजमा हँुदा खाने हुने खाने बिचको विभेद र सामाजिक असमानता देखेर सिह राजनीतिमा आएका हुन् ।

‘सामाजिक विभेद र असमानताले मलाई राजनीतिमा यहाँसम्म पुगाएको हो’ उनी भन्छन् ।

२०७९ को निर्वाचनमा प्रदेश सभा सदस्य चुनाव लडेर उनी थोरै मतले पराजित भएका थिए । त्यसो त उनी २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न चाहन्थे ।

१० हजार बढी मत ल्याएका उनी यस पटक निर्वाचन जित्नेमा ढुक्क छन् ।

‘म यस क्षेत्रका लागि स्वभाविक उम्मेदवार हो, यो चुनाव देश बनाउने र देश जलाउनेबीचको लडाई हो, देश हार्न हुन्न’ सिह भन्छन् ।

सिहले आफ्नो चुनावी वाचा लगेर मतदातासित मत मागेका छन् । उनी कञ्चनपुर २ मा वर्षौदेखि चुनावी एजेण्डा बन्दै आएका समस्या समाधान गर्ने बताउँछन् ।

सिंहले भूमिहीन अव्यवस्थित बसोवास गरिरहेका सुकुम्वासी, दलित, मुक्त कमैया परिवारलाई लालपुर्जा, भ्रष्टाचारविरुद्ध कडाइका साथ उत्रिने, जनताको गुनासो सुन्ने प्रभावकारी संयन्त्र बनाउने तथा जनप्रतिनिधि र नागरिकबीच नियमित संवाद कायम गरी कञ्चानपुर क्षेत्र नम्बर २ मा विकास निर्माणका कामलाई अघि बढाउने उनको वाचा छ ।

शिक्षा क्षेत्र सुधारका लागि सामुदायिक क्याम्पसको स्तरोन्नति, विद्यालयमा डिजिटल कक्षा सञ्चालन, छात्रवृत्ति विस्तार तथा विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने सिंहको प्रतिबद्धता छ ।

विपन्न, दलित र जेहेन्दार विद्यार्थीलाई विशेष सहयोग उपलब्ध गराइने, स्वास्थ्य सेवातर्फ प्रत्येक वडामा स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, विशेषज्ञ सेवा विस्तार गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने योजना सिहका वाचा समावेश गरिएका छन् ।

स्वच्छ खानेपानी र सरसफाइमा सबै नागरिकको पहुँच पु¥याउने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै किसानलाई मल, बीउ र उपकरणमा अनुदान दिने, सिँचाइ सुविधा विस्तार गर्ने, कोल्ड स्टोर स्थापना गर्ने तथा उत्पादनको उचित बजारीकरण गर्ने योजना, युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र उद्यमशीलतामा जोड दिने, पूर्वाधार विकासअन्तर्गत सडक कालोपत्रे, पुल निर्माण, चार लेन सडक विस्तार तथा धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र विकास गरिने प्रतिबद्धता सिंहको छ ।

Himal dental
सम्बन्धित
Loading...