

महेन्द्रनगर । एमाले कञ्चनपुर २ मा अन्तिम चुनावी र्यालीपति झन उत्साहित देखिएको छ । चुनाव प्रचारको अन्तिम दिन सोमबार मोटरसाइकल रयालीमा उत्साहजनक सहभागिता सहभागिता भएपछि एमाले नेता चुनाव जित्ने ढुक्क हुने अवस्था भएको भन्दै उत्साहित भएको छ ।
एमालेले सोमबार निर्वाचन क्षेत्र नं. २ का सबै स्थानीय तह पुग्ने गरी अन्तिम चुनाव रयाली निकालेको छ । यसलाई एमालेले चुनावी प्रचारको अन्तिम शक्ति प्रदर्शन भनेको छ ।

मोटरसाइकल रयालीपछि भलारीमा गरिएको कोण सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार बचन बहादुर सिह लगायत नेताहरुले चुनाव प्रचारमा जनताबाट पाएको साथलाई जोगाएर चुनाव जित्ने धारणा राखेका छन् ।
सभालाई उम्मेदवार सिह सहित एमाले केन्द्रीय सदस्य निरुदेबी पाल, केन्द्रीय सदस्य कृपाराम राना, पूर्व साँसद नर बहादुर धामी, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, नेता विष्णुदत्त जोशीले सम्बोधन गरे ।
अन्तिम चुनाव प्रचारमा निर्वाचन क्षेत्रका तीन ओटै स्थानीय तहका ३२ वडाका हजारौँ नेता कार्यकर्ता सहभागी भएका छन् ।

एमाले क्षेत्र २ का उम्मेदवार सिंहले आफूले चुनाज जितेपछि जनताका हरेक समस्या, विकास निर्माण र राष्ट्रिय स्वाधिनताका सवालमा सक्रिय भएर लाग्ने बताए ।
उनले मतदाता र निर्वाचन क्षेत्रका सबै जनताको शिर ठाडो हुने गरी काम गर्ने उल्लेख गरे । ‘म यहाँका हरेक मतदाताको शिर निहु¥याउने काम गर्ने छैन’ उनले भने ।

उनले सबै जनताको दुःखमा मलहल लगाउने सेवक बन्ने र त्यसका लागि आफूले साथ पाउने विश्वास व्यक्त गरे ।
उम्मेदवार सिहले आफू जनताको चौकीदार बन्ने उल्लेख गर्दै सबैले सूर्य चिन्हमा मतदान दिन आग्रह गरे ।
उम्मेदवार सिहले आफ्ना सबै नेता कार्यकर्तालाई भोकभोकै बसेर अनिदो भएर पनि मतदाता र मतदान स्थलको सुरक्षा गर्न आग्रह गरे ।
उनले काँग्रेस सभापति शेर बहादुर देउवाको सम्मान गर्ने बताए । काँग्रेस उम्मेदवार एनपी लक्षित गरेर पाटी सभापतिलाई अपमान गर्नेहरुलाई जिताउनु भन्दा आफूलाई जिताए देउवाको सम्मान गर्ने उल्लेख गरे ।
कोण सभा सम्बोधन गर्दै एमाले कञ्चनपुरका नेताहरुले अहिलेको निर्वाचन देश जलाउने र देश बनाउनेविचको लडाई भएकाले त्यसमा विवेक प्रयोग गर्नुपर्ने बताए ।
एमाले पूर्व सासद नर बहादुर धामीले क्षेत्र २ का उम्मेदवार बचन बहादुर सिहको नामै नलिएर मत मागेका छन् ।
एमाले नेता विष्णु दत्त जोशी(प्रधान) ले चुनाव क्षेत्रलाई आधार नबनाई मतदान हुने र त्यसका लागि एमाले एक ढिक्का भएर अघि बढको उल्लेख गरे ।
कोण सभा सम्बोधन गर्दै पुर्व सासद एव समानुपातिक उम्मेदवार कृपाराम रानाले एमाले देश बचाउने पाटी भएकाले अहिले मतदान गरेर देश बचाउने सहयोग गर्न अपिल गरेका छन् ।
एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुरका इन्चार्ज निरुदेवी पालले नयाँ दल भनेपनि पुरानै दलका नेता कार्यकर्ताहरु रहेको स्पष्ट पारेकी छिन् ।
उनले देउवा देशका सच्चा सपुत भएको र देश बचाउन उनको भूमिका रहेको प्रसंसा गरेकी छिन । अहिले देउवालाई पनि काँग्रेसले सभापति खोसी दिएको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले एमाले क्षेत्र, लिङ्ग, आर्थिक चलखेल गरी मत माग्ने पार्टी नभएको उल्लेख गर्दै उनले कञ्चनपुरका तीन ओटै सीट जित्ने दावी गरिन् ।

