

महेन्द्रनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा ५५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभाका ३ सीटका लागि उनीहरु प्रतिस्पर्धीमा छन् ।
२०४८ को आम निर्वाचनपछि हालसम्म चार ओटा निर्वाचन भएका छन् । त्यसमा दुई ओटा संविधान भएका निर्वाचन छन् । ती सबैमा जितेका उम्मेदवार हालसम्म त्यसै क्षेत्रमा दोहोरिएका छैनन् । २०४८ मा दुई निर्वाचन क्षेत्र भएको कञ्चनपुर ४ क्षेत्रसम्म पुग्दै नयाँ संरचना अनुसार ३ क्षेत्र भएका छन् । २०५१ को मध्यावधि र २०५६ को आम निर्वाचनमा ३ र संविधान सभाका दुबै निर्वाचनमा कञ्चनपुरमा ४ निर्वाचन क्षेत्र थिए ।

२०४८ को आम निर्वाचनमा काँग्रेसले २ ओटै सीट जितेको थियो । क्षेत्र नं. १ मा काँग्रेसका बासुदेब भट्ट र २ मा तारणीप्रसाद चटौत निर्वाचित भएका थिए । ती दुबै क्षेत्रमा एमालेका उम्मेदवार प्रतिस्पर्धी थिए । क्षेत्र नं. १ मा रामकुमार ज्ञवाली र २ मा स्वर्गिय प्रेम सिह धामी प्रतिद्वन्द्वी थिए ।
काँग्रेसको यो जीतले तीन वर्षभन्दा बढी टिक्न पाएन । २०५१ को मध्यावधि निर्वाचनमा एमालेले सबै क्षेत्र जित हात पा¥यो । त्यति बेला निर्वाचन क्षेत्र बढेर ३ पुगेका थिए । निर्वाचन क्षेत्र नं. १ मा एमालेका राम कुमार ज्ञवाली, २ मा भोजराज जोशी र ३ मा उर्वादत्त पन्त निर्वाचित भएका थिए ।
०४८ का एमालेका उम्मेदवार धामी भने दार्चुलाबाट चुनाव विजयी भए । मध्यावधिमा काँग्रेसले क्षेत्र नं. १ मा स्वर्गिय अमर सिह राना, २ मा तारणीप्रसाद चटौत र ३ मा नारायणप्रकाश साउँदलाई उम्मेदवार बनाएको थियो । एमालेका पन्तले जित्दा साउँद तेस्रो भएका थिए । माछो चुनाव चिन्ह लिएका मान बहादुर सुनार ६ हजार ३ सय मत ल्याएर दोस्रो भएका थिए ।
काँग्रेस केन्द्रीय सदस्य साउँद त्यसपछि निर्वाचनम क्षेत्र नं. ३ छाडेका हुन् । यी दुई निर्वाचनमा पनि जितेको उम्मेदवार दोहोरिएका छैनन् । अघिल्लो प्रतिस्पर्धामा पराजित उम्मेदवार निर्वाचित भए । २०५६ सम्म पुग्दा एमालेले पनि जितलाई निरन्तरता दिन सकेन ।
काँग्रेसले फेरि तीन ओटै क्षेत्रमा जित हात पा¥यो । काँग्रेसका चटौतले २०५६ मा क्षेत्र नं. २ बाट हारको बदला लिए । क्षेत्र नं. ३ छाडेका साउँद १ र रमेश लेखक क्षेत्र नं. ३ मा निर्वाचित भए । साउँदले एमालेका ज्ञवाली, चटौतले चन्द्रलाल चौधरी र लेखकले पन्तलाई हराए । एमाले विभाजन भएर एमाले माले भएको थियो ।
सशस्त्र द्वन्द्वका कारण पाँच वर्षमा निर्वाचन हुन नसकेर तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा संविधान सभाको पहिलो निर्वाचन भयो । संविधान सभा निर्वाचनमा कञ्चनपुर ४ निर्वाचन क्षेत्रमा बाँडिएको थियो ।

एकपछि अर्काे गरी चुनाव जित्दै आएका काँग्रेस एमालेको हार जितलाई रोकेर माओवादी केन्द्र(तत्कालिन नेकपा माओवादी) ले चार ओटै क्षेत्र क्लिन स्विप ग¥यो ।
काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई क्षेत्र नं. ४ बाट चुनाव लडाएर जोगाएको साख पनि उप निर्वाचनपछि खोसियो । काँग्रेसले वर्षपछि क्षेत्र गुमायो । माओवादीले चार ओटै क्षेत्र कब्जा जमायो । क्षेत्र नं. १ मा पुरन राना थारु, २ मा देबीलाल चौधरी, ३ मा टिकेन्द्र प्रसाद भट्ट र ४ मा कमल क्षेत्री निर्वाचित भए । क्षेत्र नं. ४ को उप निर्वाचनमा देउवाले छाडेपछि क्षेत्री निर्वाचित भएका थिए ।
काँग्रेसबाट क्षेत्र नं. १ मा अमर सिह राना, २ मा एनपी साउँद, ३ मा बहादुर सिह थापा र ४ मा यज्ञराज जोशी( उप निर्वाचन) लडेका थिए । यसैगरी एमालेबाट १ मा राम कुमार ज्ञवाली, २ मा मायारा चौधरी, ३ मा गोविन्द प्रसाद कलौनी र ३ मा राजेन्द्र सिह रावल निर्वाचन चुनाव लडेका थिए । २०५६ मा चुनाव जितेका काँगेस नेता लेखक २०६४ समानुातिक बसेका थिए ।
माओवादीले पनि दोस्रो संविधान सभासम्म जितलाई निरन्तरता दिन सकेन । काँग्रेसले १४ वर्षपछि जितलाई दोहो¥यो । दोस्रो संविधान सभा निर्वाचनमा पनि चार ओटै क्षेत्रमा निर्वाचन भयो । काँग्रेसले चार ओटै जित हात पा¥यो । क्षेत्र नं. १ मा दिवान सिह विष्ट, २ मा एनपी साउँद, ३ मा बहादुर सिह थापा र ४ मा रमेश लेखक निर्वाचित भए ।
एमाले सबै क्षेत्रमा दोस्रोमा उक्लिँदा माओवादी तेस्रोमा पुग्यो । एमालेबाट क्षेत्र नं. १ मा लाल बहादुर विक, २ मा तारालामा तामाङ्ग, ३ मा नर बहादुर धामी र ४ मा उर्वादत्त पन्त उम्मेदवार थिए । क्षेत्र नं. ३ का उम्मेदवार पन्त लेखकका २०५६ का प्रतिद्वन्द्वी हुन् ।
यसैगरी माओवादी केन्द्रबाट क्षेत्र नं. १ मा विना मगर, २ मा अमिन दहित, ३ मा टिकेन्द्र प्रसाद भट्ट र ४ मा मोहन गिरीलाई उम्मेदवार बनाएको थियो । एमालेका विक काँग्रेस उम्मेदवारसंग पाँच सय मतले पराजित भए । मगर थोरै मतले मात्रै तेस्रो भएकी थिइन् ।
२०४८ देखि २०७० सम्मका निर्वाचन हेर्दा धेरै नेता हारपछि जित हात पारेका छन् । एक पटक जितेको क्षेत्रबाट अर्को पटक अहिलेसम्म चुनाव जितेको देखिदैन । २०७४ को आम निर्वाचनमा तत्कालिन एमाले माओवादी केन्द्रको गठबन्धनले चुनाव जितेको थियो ।
कञ्चनपुर १ बाट विना मगर, २ मा नर बहादुर धामी र ३ मा डा.दिपक प्रकाश भट्टले चुनाव जितेका थिए । उनीहरुमध्ये धामी र भट्ट एमाले हुन् । मगर अहिले कञ्चनपुर १ मा तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छिन् ।
डा. भट्ट कञ्चनपुर ३ मा उम्मेदवार छन् । डा. भट्टले पहिलो पटक पूर्व गृहमन्त्री रमेश लेखकलाई हराएर निर्वाचित भएका हुन् ।
२०७९ मा कञ्चनपुर ३ बाट लेखक फेरि निर्वाचित भए । एमालेबाट निरुदेबी पाल निर्वाचित भएकी थिइन् । कञ्चनपुर २ मा काँग्रेसका एनपी साउँद र एमालेका तारालामा तामाङ्ग १ बाट निर्वाचित भएका थिए । अहिले साउँद र तामाङ्ग दुबै जना उम्मेदवार छन् ।

