ghar sansar

सुदूरपश्चिमा कञ्चनपुरमा सबैभन्दा बढी मतदान, अछाममा सबैभन्दा कम

little buddha academy
khasi

जयन्ति सिह भाट

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मतदान भएको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १७ लाख १६ हजार ६६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ ले मतदान गरेका छन् । यसमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ जनाले मतदान गरेका छन् ।

,orning glory badhai

यो ५८ दशमलव ६ प्रतिशत हो । त्यसैगरी कैलालीमा ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका छन्, जसले ५५.४ प्रतिशत मतदान भएको देखाउँछ ।

dirghayi clinic

त्यस्तै दार्चुलामा ९२ हजार ९४८ मतदातामध्ये ४९ हजार ९६८ जनाले मतदान गरेका छन्, जुन ५३.८ प्रतिशत हो भने बाजुरामा ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २३२ जनाले मतदान गरेका छन्, जसले ५२।

६ प्रतिशत मतदान भएको देखाउँछ। डडेल्धुरामा ९३ हजार ४०३ मतदातामध्ये ४५ हजार ९०९ जनाले मतदान गरेका छन्, जुन ४९.२ प्रतिशत हो भने बैतडीमा १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेका छन्, जसले ४६।८ प्रतिशत मतदान भएको जनाइएको छ ।

यस्तै बझाङमा १ लाख २६ हजार ९०३ मतदातामध्ये ५२ हजार २१७ जनाले मतदान गरेका छन्, जुन ४१.१ प्रतिशत हो भने डोटीमा १ लाख २८ हजार ३९९ मतदातामध्ये ५२ हजार ४८५ जनाले मतदान गरेका छन्, जसले ४०.९ प्रतिशत मतदान भएको देखाउँछ ।

अछाममा भने सबैभन्दा कम मतदान भएको  छ । अछाममा १ लाख ६५ हजार ३३७ मतदातामध्ये ६४ हजार ७८० जनाले मतदान गरेका छन्, जुन ३९ ।२ प्रतिशत हो ।

साभार दिनेश खबर

 

Himal dental
सम्बन्धित
Loading...