

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ जानकी टोलस्थित प्रतिष्ठित विद्यालय मर्निङ्ग ग्लोरी सेकेन्ड्रीले २०औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव गरिएको छ ।
विद्यालय सञ्चालक समिति अध्यक्ष केशव बहादुर चन्द अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल चुडामणी शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


उनले विद्यालयले हालसम्म हासिल गरेका उपलब्धिहरू, वर्तमान शैक्षिक अवस्था तथा भावी योजनाहरूबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी बोगटीले विद्यार्थीहरूलाई शारीरिक, नैतिक र बौद्धिक रूपमा सक्षम बनाउन शिक्षाको दिगो विकास तथा गुणस्तरिय शिक्षा अति नै आवस्यक रहेको बताए ।
कार्यक्रममा कक्षागत रुपमा प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यसैगरी अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गरिएको छ । विद्यार्थीहरूलाई पुरस्कार र प्रमाण पत्र प्रमुख अतिथि, अतिथिबाट प्रदान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजाति,धर्म सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा अभिभावक, विभिन्न संस्थागत, सामुदायिक विद्यालयका प्रधानाध्यापक, प्रतिनिधि, शिक्षक, पत्रकार अतिथि रहेका थिए ।

