

महेन्द्रनगर । आम निर्वाचनको अन्तिम परिणामले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई सुदूर पश्चिममा शून्य सिट हात लागेको छ । नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये आठ वटामा रास्वपा विजयी भएको छ ।

तराईका कैलालीमा पाँच र कञ्चनपुरमा तीन तथा बैतडी र डडेलधुरामा रास्वपाका उम्मेदवार विजयी भएका छन् । अछाम १, डोटी र बाजुरामा नेपाली काँग्रेसले जितेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवारहरु अछाम २, बझाङ र दार्चुलाबाट विजयी भएका छन् ।

