ghar sansar

बैतडीको केदारेश्वर माविमा शिव महापुराण ज्ञान महायज्ञ सञ्चालन हु्ँदै, ११ दिनसम्म चल्ने

little buddha academy
khasi

रविन्द्र राज ओझा‌
महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका २ स्थित केदारेश्वर माध्यमिक विद्यालयमा शिवमहापुराण ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ ।

केदारेश्वर मा.वि. शिवपुराण तथा ज्ञान महायज्ञ ब्यवस्थापन समिति दुर्गास्थानको आयोजनामा आगामी बैशाख ७ गतेदेखि संगीतमय शिवमहापुराण ज्ञान महायज्ञ शैक्षिक एवम धार्मिक महामहोत्सव सञ्चालन हुने महायज्ञ मूल समिति संयोजक डम्वर दत्त पाण्डेयले जानकारी दिए  ।

,orning glory badhai

धार्मिक आस्था अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गरि मानव जीवनलाई सत्मार्गमा डो¥याउने, भावी सन्ततिलाई सनातन धर्मको मूलधारमा ल्याउने वातावरणको सिर्जना गरि युवा पुस्तालाई आदर्शवान,नैतिकवान एवम संस्कारयुक्त बनाउने उद्देश्यले उक्त महायज्ञ आयोजना गर्न लागिएको संयोजक पाण्डेयले बताए ।

महायज्ञमा प्रखर वाचक आचार्य श्री सत्यराज अवस्थीद्वारा संगीतमय प्रवचन तथा कथा वाचन गरिनेछ। महायज्ञ लगातार ११ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

dirghayi clinic

महायज्ञ अवधिभर भजन–कीर्तन, आरती तथा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू, राष्ट्रिय कलाकारहरूबाट संगीतमय प्रस्तुति, विषेश शान्ति कलश पुजन, सन्ध्योपासन, योगाभ्यास, संगीतमय पूजन तथा देवलिला झाँकी लगायतका कार्यक्रम गरिनेछन् । कार्यक्रममा दैनिक रूपमा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

महायज्ञबाट संकलित रकम विद्यालयको स्तरोन्नति, शैक्षिक विकास, पूर्वाधार सुधार तथा विद्यालयको समग्र विकासमा खर्च गरिने आयोजकले जनाएको छ ।

आयोजकले धर्मप्रेमी श्रद्धालु भक्तजन महानुभावहरुलाई कथा श्रवण एवम् शिक्षाका लागि गरिने समाजिक तथा पुनित कार्यमा सहभागीता जनाईदिन अनुरोध गरेको छ ।

महायज्ञ २०८३ बैशाख ७ गते बिहान १० बजे कलश यात्राबाट सुरु भइ बैशाख १७ गतेसम्म चल्नेछ ।

सरोकारवाला सबैमा महायज्ञ संचालन मूल समितिले सहयोगका लागि अपील गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...