ghar sansar

महाकाली अस्पतालमा देखिए एमालेले खोजी रहेका प्रदेश संसदीय दलका नेता रावल

khasi

महेन्द्रनगर । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिह रावल आइतबार दिउँसो महाकाली प्रादेशिक अस्पताल व्यवथापन समितिका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्त र सदस्यको पदभार ग्रहणमा सहभागी भए ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्षको कार्यकक्षमा भएको कार्यक्रममा संसदीय दलका नेता रावलले नव नियुक्त अध्यक्ष पन्तलाई खादा लगाएर बधाई दिए ।

पूर्व मुख्यमन्त्रीको हैसियताले रावलले कार्यक्रमलाई सम्बोधन गरे । उनले असपताल सुधारका कार्यलाई प्राथमिकता दिएर अघि बढ्न नव नियुक्त समितिलाई सुझाव दिए ।

स्वास्थ्य क्षेत्रको पहुचबाट बञ्चित, गरीव, असाहय तथा थारु राना थारु समुदायका सेवा ग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न पर्नेमा रावलले जोड दिए ।

महाकाली अस्पताल आफूभन्दा एक बर्ष जेठो भएको कुरा उल्लेख गर्दै उनले प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिलाई ध्यानमा राखेको बताउदै दरबन्दी फुलफिल गर्न मुख्यमन्त्रीसंग कुरा गर्ने बताए ।

अस्पताल स्वयमले आफ्नो आन्तरीक स्रोतबाट ५० शैया सञ्चालन गर्न सक्छ भने राज्यले आफ्नो् कर्तव्यबाट पछि हट्नु नहुने तर्क राख्दै संविधानमा रहेको नागरिकको मौलिक अधिकारका लागि आफू र प्रदेश सरकार निरन्तर लाग्ने बताए ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले केही दिनदेखि खोजी गरि रहेका रावल आइतबार अस्पतालको पदभार ग्रहण कार्यक्रममा देखिएका हुन् ।

प्रदेश सरकारका सत्ता साझेदार काँग्रेस र एमालेले चैत १ गते पाँच अस्पतालमा पदाधिकारी नियुक्तिमा सहमति गरेपछि रावल पार्टीभित्र आलोचनामा परेका छन् । त्यहीं नियुक्तिलाई लिएर एमालेभित्र कलह चर्किएको छ ।

पार्टीसित सल्लाह नगरी नगरी एकलौटी रुपमा सत्तारुढ काँग्रेससित सम्झौता गरी पदाधिकारी नियुक्त गरेपछि एमाले असन्तुष्ट बनेको छ ।

सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले चैत १ गते सेती प्रादेशिक अस्पताल सहित टिकापुर अस्पताल, लम्की चुहा, जोगबुडा र महाकाली प्रादेशिक अस्पालमा अध्यक्ष सहित सदस्य नियुक्त गरेको थियो ।

पदाधिकारी नियुक्त अस्पतालमा महाकाली र टिकापुर अस्पताल बाहेक सबै काँग्रेसलाई भाग लगाइएको छ । संसदीय दलका नेता रावलले पार्टीसित सल्लाह नगरी एकलौटी रुपमा भागबण्डा गरी आफू नजिककालाई अध्यक्ष र सदस्य बनाएको पार्टी आरोप छ ।

dirghayi clinic

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नेता रावलले एकलौटी गरी सम्पर्क बिहीन भएको भन्दै खोजीका लागि पार्टी केन्द्रलाई गुहारको छ ।

एमाले केन्द्रलाई रावललाई संसदीय दलका नेताको जिम्मेवारीबाट हटाउने आशयको पत्र पठाइएको हो । पत्रमा रावललाई खोजेर सम्पर्कमा ल्याई दिन आग्रह गरिएको छ ।

एमाले नेता कार्यकर्ताले सामाजिक सञ्जालबाट नियुक्ति विरुद्ध आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालको आक्रोश एमाले संसदीय दलका नेता रावलको संसदीय दलका कार्यालयसम्म पुगेको छ ।

राष्ट्रिय युवा संघको कृष्णपुर नगर कमिटीले संसदीय दलका नेता रावल सम्पर्क बिहीन भएको भन्दै संसदीय दलको कार्यालयमा तालाबन्दी गरेको छ ।

संसदीय दलको कार्यालयमा तालाबन्दीपछि एमालेभित्र राजनीतिक नियुक्ति विवाद झन बल्झिने खतरा देखिएको नेताहरु बताउँछन् ।

कञ्चनपुरका रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र नेता हुन् । अध्यक्ष ओलसम्म पहुँच भएपछि रावल प्रदेश सरकारका राजनीतिक नियुक्तिमा शक्तिशाली बनेका छन् ।

यस अघि रावलले सुदूरपश्चिम सरकार नीति तथा योजना आयोगको सदस्य पनि पार्टीसित सल्लाह नगरी नियुक्त गरेका थिए ।

एमाले खोजी रहेका संसदीय दलका नेता रावल भने आइतबार महाकाली प्रादेशिक अस्पतालका नव नियुक्त अध्यक्ष महेश प्रसाद पन्तको पदभार ग्रहण कार्यक्रममा सहभागी भए ।

पदभार ग्रहणपछि उनले आफूलाई टाइफाइड भएकाले अस्पताल भर्ना भएको बताए ।

महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश जोशीले पूर्व मन्त्री रावल आमन्त्रण नगरी पदभार कार्यक्रममा सहभागी भएपछि पूर्व मुख्यमन्त्रीको हैसियतामा आशन ग्रहण गराएको बताए ।

‘अस्पतालले वहाँलाई आमन्त्रण गरेको होइन, वहाँ असपतालमै भर्ना हुनु हुँदो रहेछ, आएपछि पूर्व मुख्यमन्त्रीको हैसियतामा आशन ग्रहण गराएका हौ, वहाँ अस्ति नि आउनु भएको थियो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...