

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित वेष्टर्न पब्लिक एकेडेमीमा कक्षा ५ मा अध्ययनरत विराज जोशीले आइतबार अभिभावक विद्यार्थी अन्र्तक्रिया कार्यक्रमको अन्तिम दिन मोबाईल प्रयोगका फाइदा बेफाइदाबारे आफ्नो भनाई राखे ।
‘मोइबाल प्रयोगले गर्दा मानसिक असर पर्ने र पढाईमा कम ध्यान जाने भएकाले मोबाईलको प्रयोग आवश्यकताभन्दा कम गर्नु पर्ने हुन्छ’ जोशीले भने ।

कार्यक्रममा सहभागी अर्का विद्यार्थी हिमानी चन्दले पनि मोबाईलमा धेरै खेल (गेम) खेल्दा भविष्य नै बिग्रिने चिन्ता व्यक्त गरिन् । उनले सबैलाई मोबाइल प्रयोग घटाएर पढाईमा ध्यान दिन आग्रह गरिन् ।
विद्यार्थीहरुको स्क्रिन समय नियन्त्रण लगायत शिक्षण सिकाई प्रभावकारी बनाउन र उनीहरलार्य नैतिकवान बनाउन विद्यालयमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रिन्सिपल विवेकराज कलौनीले तीन दिनसम्म विद्यार्थी, अभिभाजक, शिक्षकसित छुट्टाछुट्टै कक्षा सञ्चालन गरिएको जानकारी दिए ।
‘अभिभावकहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्ता कार्यक्रम बर्षमा २÷३ पटक राख्दा राम्रो हुने उनीहरुले बताए,’ प्रिन्सिपल कलौनीले भने ‘कार्यक्रमले विद्यार्थीहरुमा पढाई गर्न आत्मवल प्रदान हुने, नैतिकवान बन्ने, भविष्यमा आफ्नो लक्ष्य उदेश्य पहिचान गर्न सक्षम हुनेछन् ।’


कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरुसंग विभिन्न चरणमा छलफल तथा विद्यार्थीहरुको सकारात्मक बानिव्यवहार तथा नैतिकबान बनाउन के गर्नु पर्छ भन्नेबारे छलफल गरिएको छ ।
प्रिन्सिपल कलौनीले ५ लक्ष्य राखेर विद्यार्थीका लागि कार्यक्रम गरिएको जानकारी दिए । यो कार्यक्रममा विद्यालयमा पहिलो पटक राखिएको हो ।
प्रिन्सिपल कलौनीका अनुसार विद्यार्थीको आत्मबल बढाउने, आत्म नियन्त्रण गर्ने, शिक्षण सिकाईमा शिक्षक, विद्यार्थी र अभिभावकबीच साझेदारी गर्ने, स्क्रिन(मोबाइल) नियन्त्रण गर्ने र नैतिक मूल्य मान्यता सिकाउने लक्ष्य राखिएको छ ।
छलफलमा नैतिक शिक्षासम्बन्धी उत्प्रेरणा प्रदान गर्ने स्मार्ट माईल्स टिचर्स एकेडेमी काठमाण्डौका दिपक चौलागाईले विभिन्न सेसनमा प्रस्तुति दिए ।
विद्यार्थीहरूलाई चरित्रवान, बानी व्यवहारको सुधार र भविष्यमा के बन्ने भन्ने ? सम्बन्धी हिन्दू धर्म सम्बन्धी खाने आहार व्यवहारका कुराहरु बारे जानकारी प्रदान गरीएको प्रशिक्षक दीपक चौलागाईले बताए ।
उनी विगत पाच बर्षदेखि नैतिक शिक्षा सम्बन्धी सचेतनाका कक्षा प्रदान गर्दैआएका छन् । उनले अहिलेसम्म ३० हजार जनालाई नैतिक शिक्षासम्बन्धी सचेतान कक्षा प्रदान गरेको बताए ।
कार्यक्रममा कक्षा ४ देखि कक्षा १२सम्मका विद्यार्थीहरु र अभिभावक तथा शिक्षकहरुको सहभागिता रहेको छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म पढाई हुदै आएको विद्यालयमा ७ सय बढि विद्यार्थी रहेका छन् ।
कक्षा ११ र १२ मा शिक्षा, होटल म्यानेजमेन्ट र साधारण व्यवस्थापन विषयको पढाई हदै आएको विद्यालयले आगामी आर्थिक बर्षमा स्पोर्टस साईन्स विषयको पनि अध्ययन गर्ने जमर्को गरेको छ । त्यसका लागि ३ जना शिक्षकको व्यवस्थापन गरीसकेको प्रिन्सिपल कलौनीले बताए ।

